फेसबुकका संस्थापक जुकर्बर्गद्वारा डाटा चोरीको जाँच गर्ने आश्वासन

कोशी अनलाइन
चैत ८, मोरङ, सामाजिक संजाल फेसबुकका संस्थापक मार्क जुकर्बर्गले आफ्नो कम्पनीको गल्तीका कारण प्रयोगकर्ताको गोपनीयता भङ्ग हुनेगरी डाटा चोरी भएको स्वीकार गर्दै यसको व्यवस्थापन गर्ने बताएका छन् । आफूमाथि विश्वासघात भएको उनको जिकिर छ ।

जुकर्बर्गका अनुसार एप निर्माता कम्पनी अलेक्जेण्डर, क्याम्ब्रिज, कोगन र एनालिटिकाले फेसबुक तथा त्यसका प्रयोगकर्तामाथि विश्वासघात गरेका हुन् । आफूले नै फेसबुकको स्थापना गरेको बताउँदै उनले फेसबुकबाट हुने फाइदा वा हानीप्रति आफू जिम्मेवार रहने उल्लेख गरेका छन् ।

डाटाको चोरीबारे तथ्य पत्ता लगाउन सम्बन्धित सबै एप्सको जाँच गर्ने उनको योजना छ । उनले व्यक्तिका गोप्य सूचना दुरुपयोग गर्ने डेभलपर्सलाई बन्द गर्ने जनाएका छन् । डेभलपर्सको डाटा एक्सेस घटाएर दुरुपयोग नियन्त्रण गरिनेछ । फेसबुकको विश्वसनीयता कायम राख्न सावधानी अपनाउन लागिएको हो ।

प्रतिक्रिया

Loading...