birat ribon

गिरिजाप्रसादको ८ औं स्मृतिमा ब्याडमिन्टन 

Neuro
गिरिजाप्रसादको ८ औं स्मृतिमा ब्याडमिन्टन 

कोशी अनलाइन
चैत ७, मोरङ, गिरिजाप्रसाद कोइरालाको ८ औं स्मृति दिवसको अवसरमा विराटनगरमा जारी अन्तरकलेज तथा खुल्ला ब्याडमिन्टन प्रतियोगिताको भेट्रान्स डबलतर्फ रामकुमार सिंह र आनन्द श्रेष्ठको जोडी प्रथम भएको छ ।

किरणसिंह बस्नेत र मनोज लाखेको जोडी दोस्रो, रिन्जे गुरुङ –देव बहादुर राई ,ज्ञानेन्द्र भट्टराई–रामसिंह बुढाथोकीको जोडी तेस्रो भएका छन्। मेन्स डबल खुल्लातर्फ गौरव दहाल–बिशाल तामाङ प्रथम भएका छन् । सन्देश रायमाझी –प्रमेश श्रेष्ठको जोडी दोस्रो भएको छ । शशी चौधरी – उज्वल पोखरेल, पंकज चन्द– र यादव श्रेष्ठको जोडी तेस्रो भएका छन् ।

cura insider

अन्तर कलेजको गल्स सिंङगलतर्फ शिवानी चौधरी प्रथम
श्रीजासु गिरी दोस्रो , आईस्का बस्नेत–अस्मीता कट्टेल तेस्रो भएका छन् ।  कलेजतर्फकै ब्वाइज सिंङगलतर्फ उज्वल पोखरेल प्रथम, प्रकाश यादव दोस्रो , प्रमोद अधिकारी र दिपेश भट्टराईको जोडी तेस्रो भएका छन् ।

मोरङ कांग्रेसको आयोजना तथा जिल्ला ब्याडमिटन संघ मोरङको संयोजनमा भएको दुईदिने प्रतियोगिताका विजेता खेलाडीहरुलाई बिहीबार मध्यान्ह पार्टी कार्यालयमा पुरस्कार वितरण गरिने कार्यक्रम संयोजक विनोद डाँगीले बताए ।

jackson ribon