बाबुराम बास्तोला
काेशी अनलाइन
चैत्र ७, संखुवासभा, संखुवासभा प्रहरीले बुद्धको करिब २ वर्ष पुरानो मुर्ती पक्राउ गरेको दुई महिना पछि जानकारी दिएको छ । गत माघ २ गते चिन तिब्बतको चागाँ बजारमा बेच्न लैजादै गर्दा पक्राउ गरेको मुर्तीको दुई महिनापछि मंगलबार एक पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालय संखुवासभाले जानकारी दिएको हो ।
जिल्लाको भोटखोला गाउँपालिका २ च्याम्ताङका १८ वर्षीय कर्मा भोटेले बेच्न लैजादै गरेको मुर्ती चिनको चागाँ बजार प्रहरीले पक्राउ गरि संखुवासभा प्रहरीलाई बुझाएको थियो । तर, संखुवासभा प्रहरीले भने भोटेलाई केहि दिन थुनामा राखेर अनुसन्धान पछि छोडेको भएपनि मंगलबार मात्र जानकारी दिएको हो ।
सो मुर्ती करिब २ सय वर्ष पुरानो बुद्धको रहेको छ । मुर्ती कुन गुणस्तर र कति पुरानो हो यकिन जानकारीको लागि पुरातत्व विभाग पठाइएको र त्यहाँबाट कुनै जानकारी नआएको प्रहरी नायव उपरिक्षक सन्तोष खड्काले बताए ।
मुर्तीसंगै प्रहरीले कर्मा भोटेको साथबाट बौधलिपि, चाँदीका विभिन्न गरगहना(भाङदी), सीमाला, हिडमाला, लगायतका सामाग्री पनि बरामद गरेको छ । किन ढिलो गरि सार्वजनिक गर्नुभयो भनि पत्रकारले जिज्ञासा राख्दा प्रहरी नायव उपरिक्षक सन्तोष खड्काले सो सबै सामाग्री भोटेको आफ्नै घरको भएको र उनले घरबाट चोरेर बेच्न लगेको हुदाँ जानकारी गराउन उपयुक्त नठानेर नगराएको बताए । उनका अनुसार मुर्ति लगायतका सामाग्री आफ्नै घरको भएको भोटेले स्वीकारेका छन् ।