birat ribon

१५२ जना विध्यार्थीले गुमाए एसईई परीक्षा दिने मौका

Neuro
१५२ जना विध्यार्थीले गुमाए एसईई परीक्षा दिने मौका

कोशी अनलाइन
चैत ७, ताप्लेजुङ्ग, सरकारी मापदण्डअनुसार हाजिरी प्रतिशत नपुगेको भन्दै जिल्ला शिक्षा कार्यालयले ताप्लेजुङ्गका एक सय ५२ जना विध्यार्थीलाई एसईई परीक्षामा सामेल हुनबाट रोकेको छ । न्यूनतम ७५ प्रतिशत हाजिरी पुर्याउन नसकेका ती विध्यार्थीहरूलाई आगामी ८ गतेदेखि सन्चालन हुने परीक्षामा सामेल हुने अनुमति दिन नसकिने जिल्ला शिक्षा अधिकारी चैतन्यप्रसाद निरौलाले बताएका छन् ।

cura insider

जिल्लामा रहेका ६४ वटा सामुदायिक तथा संस्थागत विध्यालयबाट दुई हजार दुई सय ३४ जना विध्यार्थी परीक्षामा सामेल हुन लागेकोमा हाजिरी अपुग हुँदा एक सय ५२ जना विध्यार्थी भने परीक्षा दिनबाट बन्चित भएका हुन् । जिल्लामा एक्जाम्टेड परीक्षार्थीको संख्या तीन सय ९८ रहेको देखिएको छ । यो संख्यासमेत जोड्दा कूल परीक्षार्थीको संख्या दुई हजार चार सय हुन आउँछ जसमध्ये ५२ जनाले प्राविधिक एसईई परीक्षा दिनेछन् ।

जिल्लाको भानुजन माविमा रहेको खुल्ला विध्यालयबाट एकजना कैदीले पनि परीक्षा दिन लागेका छन् । जिल्लाभरका १७ परीक्षा केन्द्रमा दुई सयजनाभन्दा बढी कर्मचारीको उपस्थितिमा सन्चालन हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ ।

jackson ribon