birat ribon

राष्ट्रपति ट्रम्पले रुसका नवनिर्वाचित पुटिनलाई भेट्ने

Neuro
राष्ट्रपति ट्रम्पले रुसका नवनिर्वाचित पुटिनलाई भेट्ने

चैत्र ७, वासिङटन, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमा पुनः निर्वा्चित राष्ट्रपति भ्लादिमिर पुटिनलाई चाडै भेट्ने बताएका छन् ।

cura insider

गत आइतबार निर्वा्चित पुटिनलाई भेट्न ढिला नहुने ट्रम्पले मंगलबार अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा पत्रकारहरुसँग बताए ।

अमेरिका भ्रमणमा रहनुभएका साउदी अरबका युवराज मोहम्मद विन सलमान अल साउदसँगको भेटअघि उनले भने, “मैले नवनिर्वा्चित राष्ट्रपति पुटिनलाई फोन गरेर बधाई दिएको छु ।”

आफुहरुले वासिङटन र मस्कोकोबीचमा भइरहेको हातहतियारको होडबाजीका साथै युक्रेन, सिरिया र कोरिया प्रायद्वीपको बारेमा छलफल गर्ने उनले जानकारी दिए । अमेरिकी राष्ट्रपतिको कार्यालयका अधिकारीका अनुसार टेलिफोन बार्ताका क्रममा ट्रम्प र पुटिनले द्विपक्षीय सम्वन्ध र सहकार्यका बारेमा छलफल गरेका छन् ।

मंगलबार सवेरै भएको फोनवार्तामा उनीहरुले बहुराष्ट्रिय सुरक्षा प्राथमिकता र चुनौतीका बारेमा पनि चर्चा गरेका छन् ।

ट्रम्पले कोरिया प्रायद्वीपको बारेमा पुटिनसँग बढी जोड दिएर कुराकानी गरेको अधिकारीले जनाएका छन् ।
रुसको राष्ट्रपति पदमा चौथो पटक पुटिन गत आइतबार निर्वा्चित भएका हुन् । ७६ प्रतिशतभन्दा बढी मत ल्याएर उनी आगामी छ वर्षका लागि राष्ट्रपतिमा निर्वा्चित भएका हुन् ।
रासस

jackson ribon