birat ribon

आइ–लिगभन्दा ठूलो मौकाको प्रक्रियामा किरण चेम्जोङ

Neuro
आइ–लिगभन्दा ठूलो मौकाको प्रक्रियामा किरण चेम्जोङ

चैत्र ७, मोरङ,
मिनेर्भा पञ्जाबसँग भारतीय शीर्ष डिभिजनको लिग ‘आई-लिग’ को उपाधि जितेका नेपाल राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङले नयाँ अवसरको प्रक्रियामा रहेको बताएका छन् ।


नेपाल राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङले आइ–लिगभन्दा ठूलो अवसरको प्रक्रियामा रहेको बताएका छन् । मिनेर्भा पञ्जाबसगँ भारतिय शीर्ष डिभिजनको लिग ‘आइ–लिग’ उपाधि हात पारेका चेम्जोङले ठूलो मौकाको पर्खाइमा रहेको बताएका हुन् ।

cura insider

अहिले राष्ट्रिय टोलीसँग प्रशिक्षण गरिरहेका किरणले पहिलो सिजन मिनेर्भा पञ्जाबसगँ राम्रो अनुभव सगाँलेको बताउँछन् । पहिलो सिजन आइ–लिगमा राम्रो अनुभव भएको र पहिलो पटकमै उपाधि जित्न पाउँदा आफ्नो करियरलाई समेत फलदायी रहेको किरणको भनाइ छ ।

साथै उनले पञ्जाबबाट सम्झौता नवीकरण गर्ने प्रस्ताव आएको तर आफू अहिले अन्य भिन्न क्लबसगँ अवसर जुटाउने प्रक्रियामा रहेको बताए । नेपाली फुटबल टिममा उच्च कदका उनले आवद्ध हुन लागेको क्लबको नाम भने खुलाउन चाहेनन् ।

jackson ribon