birat ribon

बसपार्क निर्माण नहुँदा सर्वसाधारणलाई सास्ती

Neuro
बसपार्क निर्माण नहुँदा सर्वसाधारणलाई सास्ती


रबिन्द्र बराल
कोशी अनलाइन
चैत ७, मोरङ, माेरङकाे रंगेली नगरपालिका-७ मा अवस्थित रंगेली बसपार्क व्यवस्थित नहुँदा चौबीसै घण्टा सडककै किनारमा सवारी राख्न सर्वसाधारण बाध्य रहेका छन् । २०३६ सालदेखि रंगेली-विराटनगर सडकमा सार्वजनिक यातायातका सवारीसाधन गुड्न थालेका हुन् । रंगेलीबाट अमरदह,दाेमाना,वबियाबिर्ता,कल्याणपुर,सिक्टि,बाहुनीलगायतका स्थानहरुमा सवारी सन्चालन हुने गरेको छ । हाल रंगेलीमा ५० वटा सार्वजनिक यातायात सन्चालन भइरहेकाे छ ।

cura insider

विगतका दिनहरुमा उक्त बसपार्क जसाेतसाे सन्चालनमा अाएता पनि १ वर्ष अगाडिदेखि नयाँ बसपार्क बनाउने याेजना भएसँगै अहिले रंगेली-विराटनगरमा सन्चालन हुने सार्वजनिक यातायातका साधनहरु समयमै बसपार्क निर्माण सम्पन्न नहुँदा सडक किनारमा राख्न बाध्य रहेकाे बसका चालकहरु बताउँछन् । अहिले सडककाे किनारमा बस,टेम्पु,सिटि रिक्साहरु राखिने गरेको छ । ग्रामीण भेगमा सन्चालन हुने यातायातका अध्यक्ष प्रमाेद चक्रवर्तीले सडकमा सवारी राख्दा दुर्घटनाकाे जाेखिम बढी हुने गरेको बताए ।

केही महिनाअघि नयाँ बसपार्कको निर्माण सुरु भएको थियो । अहिले अाएर के-कति कारणले काम राेकिएकाे हाे ठेकेदारको कमजोरी हाे या नगरपालिकाकाे हाे अाफुहरुलाई केही थाहा नभएकाे उनले बताए । सोही बसपार्क छेउछाउमा विगत ३५ वर्षदेखि हालसम्म ४० घर-परिवार बसाेबास गर्दे अाएका छन् । विष्णु पुरीले नगरपालिकाले बसपार्क निर्माण अहिलेसम्म सम्पन्न नगरेको र बसपार्कमा सटरहरु बनाएता पनि नगरपालिकाले पहिलेदेखि बसेका सर्वसाधारणहरुलाई अन्तभन्दा सस्तो मुल्यमा दिने सहमति भएकोमा अहिलेसम्म कुनै पनि चासो नदेखाएको बताउँदै यहाँका सुकुम्बासीलाई अन्यत्र बसाेबासकाे स्थान दिनुपर्ने बताए ।

स्थानीयले बसपार्क निर्माण सम्पन्न नभई अाफूहरुलाई यहाँबाट छिटै घरटहरा हटाउनु भन्दै परिपत्र गरेको तर बसपार्ककाे काममा ढिलासुस्ती गरेको अाराेपसमेत लगाएका छन् । यता, रंगेली ट्रााफिक प्रहरी कार्यालय रंगेलीका इन्चार्ज प्रहरी हवलदार अाेमप्रसाद दियालीले भने बसपार्क समयमै नबन्दा अाफूहरुलाई ट्रााफिक व्यवस्थापन गर्नेसमेत समस्या परेकाे बताए ।

jackson ribon