birat ribon

‘अप्रेसन मनकामना’ का अवधिमा १ सय १५ मुद्दा दर्ता, ८६ पक्राउ

Neuro
‘अप्रेसन मनकामना’ का अवधिमा १ सय १५ मुद्दा दर्ता, ८६ पक्राउ

बाबुराम बास्तोला
कोशी अनलाइन
चैत्र ६, संखुवासभा, सामाजिक अपराध र गुण्डागर्दीविरुद्ध जिल्ला प्रहरी कार्यालय संखुवासभाले सुरुवात गरेको ‘अप्रेशन मनकामना’ नामक अभियानबाट ८६ जना पक्राउ परेका छन् । गत साउन ६ गते बाट सुरु भएको अभियानको ८ महिनाको अवधिमा १ सय १५ वटा मुद्दा दर्ता भएका थिए ।
जिल्ला प्रहरी कार्यालय संखुवासभामा मंगलबार पत्रकार सम्मेलन गर्दै यो अवधिमा विभिन्न मुद्धाका २१ जना अभियुक्तहरु फरार रहेको जानकारी दिइएको छ । मुद्दा दर्ता भएका मध्ये ६३ वटा मुद्दाको फैसला भएको छ भने ५२ वटा बाँकी रहेका छन् ।
अभियानको क्रममा ४८ जनालाई केही सार्वजनिक अपराध ऐन अन्र्तगत पक्राउ गरि कारवाहि गरिएको छ । त्यस्तै महिला तथा बालिकाहरुलाई जवरजस्ती करणी गर्ने ८ जना, जवरजस्ती करणी उद्योग गर्ने ३ जनालाई कारवाही गरिएको छ । सोहि आठ महिनाको अवधिमा चोरी मुद्दामा ८ जना, धारिलो हतियार प्रहार गरि गम्भिर घाइते बनाउने ७ जनालाई पनि पक्राउ गरि कारवाही गरिएको संखुवासभाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष खड्काले जानकारी दिए । उनका अनुसार भालुको पञ्जा सहित १ जना, २ नाल भरुवा बन्दुक सहित १ जना र गौवध मुद्दामा ५ जनालाई पनि कारवाही गरीएको छ ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाले दिएको जानकारी अनुसार घरेलु हिंसा ठाडो उजुरीका १७ वटा घटना रहेका छन् । अभियानको अवधिमा घरेलु मदिरा जाँड ३ हजार ५ सय लिटर, रक्सि ७ हजार ५ सय लिटर, सरुवा ९ हजार २ सय लिटर र मर्चा १ हजार २ सय ६९ वटा बरामद गरि नष्ट गरिएको प्रहरी नायव उपरीक्षक सन्तोष खड्काले जानकारी दिए ।

cura insider

८ महिनाको अवधिमा ३३ ओटा सचेतनामुलक कार्यक्रम, १५ ओटा सामाजिक कार्य, र १३ ओटा सार्वजनिक सुनुवाई कार्यक्रम पनि सम्पन्न गरेको छ ।
पत्रकारलाई जानकारी दिदैँ प्रहरी नायक उपरीक्षक खड्काले योजनाबद्ध ढंगबाट प्रहरीको प्रभावकारी परिचालन गरि सामाजिक अपराध, बेश्यावृति, अवैध मदिरा, जुवातास नियन्त्रण गुणडागर्दीलाई पुर्ण रुपमा निर्मुल पार्न ‘अप्रेशन मनकामना’ अभियान सफल भएको बताए । उनले भने “प्रहरीले नियमित सञ्चालन गर्दै आएको शान्ति सुरक्षा अपराध अनुसन्धान र सुशासनका गतिविधिलाई अझबढी जनमुखी, प्रभावकारी र प्रविधिमैत्रि बनाउन अभियान सुरु गरेका थियौ, यसमा सफल भयौँ” । उनले थपे “मानवअधिकारको उच्च व्यावसायिक अभ्यान गर्न र दण्डहीनताको अत्न्य गर्न पनि अभियान सफल भयो ”। खड्काले अप्रेशन मनकामना सञ्चालन पश्चात प्रहरीले प्रदान गर्ने सेवामा थप नयाँ उर्जा शक्ति प्रदान गरेको बताए ।

jackson ribon