birat ribon

टुहुरा बालिकालाई सनराइज बैंक द्वारा छात्रवृत्ति

Neuro
टुहुरा बालिकालाई सनराइज बैंक द्वारा छात्रवृत्ति

चैत्र ६, दार्चुला, सनराइज बैंक लिमिटेड शाखा दार्चुलाले आफ्नो दशौँ वार्षिकोत्सवको अवसरमा जिल्लाका दुईजना टुहुरा बालिकालाई आज छात्रवृत्ति प्रदान गरेको छ ।

ब्यास गाउँपालिका वडा नं २ दुम्लिङ गाउँको सर्व्हित आधारभूत विद्यालयमा अध्ययनरत छात्रा अञ्जना बुढाथोकी र करिष्मा जोहारीलाई छात्रवृत्ति प्रदान गरिएको हो ।

cura insider

एघार वर्षीय अञ्जना बुढाथोकी कक्षा ५ मा अध्ययनरत छात्रा हुन् भने, सात वर्षीय करिष्मा जोहारी कक्षा ३ मा अध्ययनरत छात्रा हुन् । उनीहरु चार÷पाँच वर्षदेखि टुहुरो जीवन जिउँदै आइरहेको स्थानीय तथा सर्व्हित आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष सरस्वती धामीले जानकारी दिए ।

उनीहरुको पढाइका लागि बैंकले वार्षिक १७ हजारका दरले रु ३४ हजार विद्यालयको खातामा जम्मा गरिदिएको छ । सनराइज बंैक दार्चुला शाखाका प्रबन्धक राकेश बुढाथोकीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धामीलाई बैंक र विद्यालयबीच भएको सम्झौताको पत्र हस्तान्तरण गर्दै छात्रवृत्ति प्रदान गरेका हुन् ।

उनीहरुले कक्षामा सधैँ सफलता प्राप्त गरेमा कक्षा १२ सम्म पढ्नका लागि बैंकले छात्रवृत्ति प्रदान गरिरहने छ । बैंकले हालसम्म आफ्नो १०औँ वार्षिकोत्सवका अवसरमा विभिन्न जिल्लाका १० जनालाई छात्रवृत्ति प्रदान गरिसकेको छ ।
रासस

jackson ribon