चैत्र ६, मोरङ, पिएसजीका कप्तान सिल्भाले पिएसजीका सुपरस्टार नेयमार तत्काल कुनै क्लबमा नजाने दाबी गरेका छन् ।
नेयमार पिएसजीमा असन्तुष्ट भइरहेको चर्चा चलिरहदाँ उनले नेयमार कुनै क्लब नजाने दाबी गरेका हुन् । चोटका कारण नेयमार मैदान बाहिर छन् । तर, उनी अर्को सिजन रियल म्याड्रिड जाने सम्भावनाको चर्चा भने केहि महिना यता चलिरहेकै छ । उनी मैदान बाहिर हुँदा पनि चर्चा रोकिएको छैन । ब्राजिलियन स्टार सिजनको सुरुवातमा बार्सिलोनाबाट विश्व कीर्तिमानी रकम २ सय २२ मिलियन युरोमा पिएसजी पुगेका थिए । उनले पिएसजीमा उत्कृष्ट प्रदर्शन गर्दै आएका थिए ।
यता नेयमार पिएसजीमा असन्तुष्ट रहेको र पुनः स्पेन फर्कन चाहेको चर्चा चलिरहेको छ । क्रिस्टियानो रोनाल्डो रहँदैको अवस्थामा नेयमार भित्राउन रियललाई पनि सजिलो नहुने चर्चा पनि चल्दै आइरहेको छ । पिएसजी पनि नेयमार अन्य क्लबलाई बेच्ने पक्षमा देखिदँैन । चोट मुक्त हुनका लागि नेयमार अहिले उपचाररत छन् । नेयमारको अनुपस्थितिमा पनि पिएसजीले लिग १ मा उच्च प्रदर्शनलाई निरन्तरता दिइरहेको छ । सिल्भालाई भने नेयमार पिएसजीमै रहनेमा विश्वस्त छन् ।
“नेयमार पिएसजी मै बस्नेमा म निश्चिन्त छु,” सिल्भाले भने, “उनी अहिले चोटमुक्त हुने क्रममा ब्राजिलमा छन् । मलाई लाग्छ अर्को सिजन पनि उनी पिएसजीमै रहनेछन् ।” रियलमा उनका ब्राजिलियन सहकर्मी मार्सेलो र कासिमेरो रहेकाले रियल आउँदा उनलाई सहज हुने पनि मानिएको छ ।