रबिन्द्र बराल
कोशी अनलाइन
चैत्र ६, मोरङ, मोरङको सिमावर्ती क्षेत्रबाट अबैधरुपमा नेपाल भित्र्याउन लागेका कपडा मोरङ प्रहरीले बरामद गरेको छ ।
भारतबाट अबैध रुपमा भन्सार छलेर नेपाल भित्र्याउने क्रममा इलाका प्रहरी कार्यालय रंगेलीले आफ्नो मातहतमा रहेको रंगेली, चोप्राह, कर्सिया, नोचा, डाईनिया लगायतका स्थानहरुबाट साइकलको प्रयोग गरी ल्याएको सामानहरु बरामद गरेको हो ।
प्रहरी कार्यालय रंगेलीका अनुसार तस्करहरुले कोट पेन्ट को कपडा, साडी, धोती र खाद्यान्न लगायतका सामाग्रीहरु बरामद गरिएको हो । सो सामानहरुको बजारमूल्य अन्दाजी १ लाख ७५ हजार रुपैयाँ बराबरको रहेको र मंगलबार विराटनगरस्थित भन्सार कार्यालयमा बुझाइने इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक संजिबबाबु खड्काले जानकारी दिए ।