birat ribon

शिक्षक पक्कि भवनमा विद्यार्थी बाँसको टहरामा

Neuro
शिक्षक पक्कि भवनमा विद्यार्थी बाँसको टहरामा

बाबुराम बास्तोलामा
चैत्र ६, संखुवासभा
सङ्खुवासभाको खाँदबारी नगरपालिका वडा नं ८ स्थित पाठक गाउँमा रहेको आर्दश विद्या मन्दिर पुग्दा जो कोहिलाई पनि अचम्म लाग्न सक्छ । अचम्म लाग्ने कारण यो छ कि सो विद्यालयमा कक्षा ३ का ३० जना बालबालिका बाँसका भाटाले बारेको स्थानमा त्रासमा नै बसेर पढन् बाध्य छन् भने सोहि विद्यालयका प्रधानाध्यापक र शिक्षकहरु भने पक्कि भवनमा बसिरहेका छन् ।

cura insider

२०७२ सालमा बैशाखमा आएको भुकम्पका कारण सो विद्यालय भत्किएपछि हालसम्म पुर्ननिमार्ण हुन सकेको छैन् । जिल्ला शिक्षा अधिकारी चेतकुमार पोख्रेलले पक्कि भवनमा प्रअ र स्टाफ कोठा बनाई विद्यार्थीलाई टहरामा पढाउदा समेत सम्बन्धित निकायले चासो नदिएको बताएका छन् । उनले भने “बनेका पक्कि भवनमा प्रअ र स्टाफ कोठा बनाई विद्यार्थीलाई टहरामा पढाईरहेकाले सम्बन्धित निकायले पाठक गाउँको विद्यालयलाई किन कारवाहि नगरेको” ।
सो विद्यालयकी शिक्षिका बबिता कटुवाल भन्छिन “जिसिअ सरको कुरा त ठिक हो, प्रअ र शिक्षक स्टाफ पक्कि भवनमै बसेका छांै तर कार्यालयमा विविध कागजपत्र हुन्छन् कागजातलाई त झन टहरामा राख्न मिलेन होला नि” ।
उनले अझ थपिन हामीलाई पनि रहर हैन विद्यार्थीलाई टहरामा राखेर आफू पक्कि भवनमा बस्न, तर बाध्यता हो हामीसंग पर्याप्त कक्षाकोठा छैनन् । उनले भनिन् पक्कि भवनमा जम्मा ६ वटा कोठा छन् तिनिहरु मध्ये तीन वटामा विद्यार्थी नै राखेका छांै, एउटामा पुस्तकालय एउटामा १२ जना शिक्षकको कोठा र एउटामा प्रअ र कम्प्युटर कोठा रहेका छन् ।
विद्यालयका अनुसार खाली रहेको एक भवनमा बस्न नमिल्ने भएको छ जुन भवन भुकम्पले चिरा चिरा पारेको छ । पुनर्निर्माणका लागि सरकारले पर्याप्त बजेट उपलब्ध नगराउँदा उक्त विद्यालय मात्रै नभएर संखुवासभाका कतिपय सरकारी कार्यालय र व्यतिmगत घर अझै अलपत्र अवस्थामा छन्।
त्रिपालको छानो पानी चुहिने भएकाले बर्खायाममा कतिपय विद्यार्थी नै विद्यालय नआउने गरेका छन् । यसरी शैक्षिक संस्था जस्तो महत्वपूर्ण स्थलको बेवास्ता गरिँदा विद्यार्थीको भविष्य नै डामाडोल हुने निश्चित छ । त्यसैले सम्बन्धित निकायले शिक्षा क्षेत्रलाई बेलैमा ध्यान दिनु जरुरी छ । २०७२ बैशाख ११ गते गएको विनासकारी भूकम्पले भवन भत्किएपछि यस विद्यालयका कक्षा ३ का ३० विद्यार्थी अध्ययनरत छन् ।

jackson ribon