birat ribon

जापानबाट अायाे राष्ट्रपतिलार्इ बधार्इ

Neuro
जापानबाट अायाे राष्ट्रपतिलार्इ बधार्इ

चैत्र ६, माेरङ, काठमाडौँ,  विद्यादेवी भण्डारीले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपतिको कार्यभार पुनः सम्हाल्नुभएकामा जापानका प्रधानमन्त्री सिन्जो आबेले हार्दिक बधाई ज्ञापन गरेका छन् ।

cura insider

राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री आबेले पठाएको बधाई सन्देशमा नयाँ संविधानअनुसार तीन चरणका निर्वाचन सम्पन्न भई लोकतन्त्रलाई सुदृढ बनाउने दिशामा नेपालले गरेको प्रगतिको सराहना गरेका छन् ।

भूकम्पपछिको पुनःनिर्माणमा जापानले नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै सन्देशमा प्रधानमन्त्री आबेले जापान–नेपाल मैत्रीलाई थप सुदृढ तुल्याउन सक्रिय रुपमा सहयोग गर्ने बताएका छन् ।

रासस

jackson ribon