birat ribon

उद्योग वाणिज्य महासंघ १ नं. प्रदेशले कर सम्बन्धि तालिम आयोजना गर्ने

Neuro
उद्योग वाणिज्य महासंघ १ नं. प्रदेशले कर सम्बन्धि तालिम आयोजना गर्ने

कोशी अनलाइन
चैत्र ६, मोरङ, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १ ले कर सम्बन्धी तालिम आयोजना गर्नेभएको छ । यही चैत्र ९ गते शुुक्रबारका दिन विराटनगरको एयरपोर्ट रोडमा अवस्थित होटल एसियाटिकमा उक्त तालिम आयोजना गर्न लागेको हो ।

cura insider


साना तथा मझौला करदाताहलाई तालिमको माध्यमबाट कर सम्बन्धी शिक्षा प्रदान गरी कर कानूनले निर्दिष्ट गरेका व्यवस्थाहरु परिपालना गर्न, कर फारमहरु भर्दा हुने त्रुटीहरु क मगर्न तथा कर सहभागितामा व्यवसायीहरुको अभिवृद्धिका लागि लेखा सम्बन्धी तालिम सञ्चालन गर्न लागेको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ का कार्यकारी निर्देशक राधारमण भण्डारी (श्याम) ले जानकारी दिएका छन् ।

तालिममा सहभागिता जनाउन इच्छुक साना तथा मझौला व्यवसायी वा लेखा हेर्ने कर्मचारी, चार्टर्ड एकाउण्टेण्ड र रजिष्टर्ड अडिटर्सहरुले यही २०७४ चैत्र ८ गतेभित्रसम्ममा बरगाछीमा रहेको नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश नं. १ को सचिवालयमा सम्पर्क गर्नुपर्ने छ ।

कार्यकारी निर्देशक भण्डारीले रु ५० लाखसम्म कारोवार भएका करदाताहरु –मूलतः ग्यास, चुरोट तथा मदिरा डिलर्स) लाई एक दिनको तालिम दिइने र रु ५० लाख भन्दा बढी कारोवार भई मूल्य अभिवृद्धि करमा दर्ता भएका करदाताहरुलाई तीन दिनको तालिम दिइने बताए ।
उक्त तालिम विहान ९ बजेदेखि हुने नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ को सचिवालयले जनाएको छ ।

jackson ribon