birat ribon

कानुनी अधिकार नभएपछि गैरकानुनी ट्रक छोडीयो 

Neuro
कानुनी अधिकार नभएपछि गैरकानुनी ट्रक छोडीयो 

गोपाल पोख्रेल
कोशी अनलाइन
चैत ५, मोरङ, करिब दुई महिनाअघि भारतबाट आयातित एउटा ट्रकलाई सशस्त्र प्रहरी बल सीमा सुरक्षा राजश्व गुल्मले नियन्त्रणमा लिएर छोडेको छ । लामो समयसम्म विराटनगर भन्सार कार्यालयमा भन्सार प्रक्रिया पूरा गर्न बसेसँगै उक्त ट्रक शंकाको घेरामा परेको थियो ।

भन्सार प्रक्रिया पूरा गरेको भनिएको एन.एल.०२ क्यू. ०६६९ नम्बरको भारतीय ट्रकलाई गत शुक्रबार विराटनगरको रानीबाट रातको करिब ११ बजे नियन्त्रणमा लिएको थियो । उक्त ट्रकलाई नियन्त्रणमा लिएसँगै रातारात आन्तरिक राजश्व कार्यालय इटहरी पुर्याइएको थियो । तर, इटहरी राजश्व कार्यालयले आफुसँग कारबाही गर्ने कुनै कानून र अधिकार नभएको भन्दै ट्रक पुनः सशस्त्र प्रहरी बलकै जिम्मा लगाइदिएको थियो ।

cura insider

यसरी अन्यौल बन्दै गएको ट्रकभित्र माल-वस्तु के छ भन्नेसम्म खुल्न नसक्दा थप बढ्नुका साथै मिलेमतोको गन्ध आइरहेको थियो । ट्रक कस्को र कुन प्रयोजनको सामान उक्त ट्रकमा रहेको भन्ने विषयमा कुनै निकाय बोल्न नचाहँदा नचाहँदै अन्तत: बिनाकारबाही उक्त ट्रकलाई सशस्त्र प्रहरी बल सीमा सुरक्षा राजश्व गुल्मले छोड्न बाध्य भएको छ । एनसेल कम्पनीले जेनेरेटर चलाउने इनधनको लागि ल्याएको मिथानन नाम गरेको तरल केमिलसहितको ट्रकलाई राजश्व छलीको आशंकामा सशस्त्र प्रहरी बल सीमा सुरक्षा राजश्व गुल्मले नियन्त्रणमा लिएर इटहरी राजश्व कार्यालयमा बुझाउने प्रयास गरेको थियो ।

तर, इटहरी राजश्व कार्यालय को मातहतमा राजशव छली गर्नेलाई कारबाही गर्ने कुनै कानून नभएका कारण कारबाही हुनबाट उक्त ट्रक र काम गर्ने व्यक्तिसमेट बाँचेका हुन् । त्यसो त विराटनगरस्थित रानी भन्सारबाट नियम पूरा गरेर बाहिरिएको कुनै पनि मालवाहक सवारीलाई इटहरी राजश्व कार्यालयले पुनः जाँच गर्दा लाखौँको राजश्व छली सार्वजनिक हुँदै आएको थियो । तर, अहिले भन्सारले जाँचपास गरेको मालवाहक सवरीलाई शंका गरी राजश्व छलीको आरोपमा कुनै पनि निकायले नियन्त्रणमा लियो भने थप चेकजाँच गर्ने अर्को कुनै निकाय छैन । त्यसैले दैनिक रुपमा विराटनगर भन्सार कार्यालयको मनोबल बढ्दै गएको छ ।

राजश्वको निर्धारित रकम पूरा गर्नका लागि भन्सार कर्मचारी र भन्सार एजेन्टहरुको सहयोगमा न्यून मुल्याङ्कन गरेर मालवाहक सवारीसाधन नेपाल भित्रने गरेको छ । यसरी शंका लागेको मालवाहक सावारीलाई कुनै सुरक्षा निकायले समात्यो भने अहिले बिनाकारबाही छोड्नुपर्ने बाध्यता सुरक्षा निकायलाई रहेको छ । त्यसो त भन्सार कार्यालयले शंकास्पद मालवाहक सावरीसाधनलाई पुन:जाँच गर्न सक्छ, तर भन्सार कार्यालयकै कर्मचारी इमान्दार नहुँदा समस्या भएको छ ।

jackson ribon