birat ribon

प्रदेशमा वैदेशिक लगानी भित्र्याउन सुझाव

Neuro
प्रदेशमा वैदेशिक लगानी भित्र्याउन सुझाव

कोशी अनलाइन
चैत ५, मोरङ, आर्थिक समृद्धि हासिल गर्न ठूला परियोजना भित्र्याउन प्रदेश नम्बर १ का उध्योगी-व्यवसायीहरूले लगानी बोर्डलाई सुझाव दिएका छन् । नेपाल उध्योग-वाणिज्य महासंघ प्रदेश नम्बर १ ले सोमबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा उध्योगीहरूले पर्यटनको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने ठूला विदेशी परियोजनालाई भित्र्याउन सुझाव दिएका हुन् ।उनीहरूले विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउन वैदेशिक लगानी आवश्यक पर्नेमा जोड दिएका छन ।

cura insider

नेपाल उध्योग-वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले विराटनगर विमानस्थललाई क्षेत्रीयस्तरको मात्रै होइन अन्तर्राष्ट्रियस्तरको बनाउन जरुरी रहेको बताए ।विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउन सकिए १ नम्बर प्रदेशको आर्थिक समृद्धि हुने उनको तर्क थियो । प्रधानले भारतीय सीमा जोगबनीदेखि चीनको सीमा किमाथांकासम्म ६ लेनको सडक बनाउन पनि वैदेशिक लगानी जरुरी रहेको उल्लेख गरे । उनले जग्गालाई चक्लाबन्दी गरेर कृषिमा समेत ठूलो लगानी भित्र्याउन सकिने सुझाव दिए ।

यस्तै,उध्योगी चम्पालाल राठीले ठूला लगानीकर्ताहरू उध्योगमा लगानी गर्न डराइरहेको गुनासो गरे । उनले बैंकको आफूखुसी ब्याजदर वृद्धि, सरकारी नीति, बजार अभावलगायतका समस्याका कारण ठूला उध्योगीहरू पलायन भइरहेको बताए ।  उध्योगमा सम्भावना नभएकै कारण ठूला उध्योगीहरू व्यापार र अन्य सेवामूलक व्यवसायतर्फ आकर्षित भएको उध्योगी राठीको भनाइ थियो । पर्यटन व्यवसायी भविसकुमार श्रेष्ठले पनि विराटनगर विमानस्थलबाटै आन्तरिक उडान गर्नुपर्नेमा जोड दिए ।

उध्योग संगठन मोरङका उपाध्यक्ष राजकुमार गोल्छाले सगरमाथा, कञ्चनजंघाका साथै पाथिभरा, हलेसीसम्म पुग्नका लागि केवलकारको व्यवस्था गर्नुपर्नेमा जोड दिए । त्यसका लागि वैदेशिक लगानी आवश्यक पर्ने उनको भनाइ थियो । उध्योगी भोला दुलालले विध्युतीय गाडी उत्पादनका लागि वैदेशिक लगानी भित्र्याउन सुझाव दिए । महासंघका प्रदेश नम्बर १ का अध्यक्ष नरेन्द्र खड्काले १ नम्बर क्षेत्रका उध्योगी-व्यवसायीबाट आएका सुझावलाई आत्मसात् गरेर अगाडि बढ्न लगानी बोर्डलाई आग्रह गरे ।

नेपाल उध्योग-वाणिज्य महासंघका केन्द्रीयसदस्य अविनाश बोहरा, प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउत, उध्योगी रमेश राठी, देवकीनन्दन अग्रवाल, रविन दाहाल, उर्लाबारी उध्योग-वाणिज्य संघका अध्यक्ष चन्द्रबहादुर भट्टराईलगायतले ऊर्जा, पर्यटन र कृषिमा वैदेशिक ठूला परियोजना भित्र्याउनुपर्नेमा जोड दिए। छलफलमा लगानी बोर्डका कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले १० अर्बभन्दा माथिका परियोजनामा मात्रै वैदेशिक लगानी भित्र्याउन पाइने व्यवस्था रहेको जानकारी दिए । पुरानो कार्यशैली र मानसिकताले अब मुलुक अगाडि बढ्न नसक्ने बताउँदै उनले अब कुन क्षेत्रबाट आर्थिक समृद्धि हुन्छ पहिचान गरेर त्यसमै लगानी केन्द्रित गर्नुपर्ने सुझाव दिए ।

jackson ribon