birat ribon

एक पछि अर्को बज्रपात : दुर्घटनामा श्रीमान गुमाएकी अफसनालाई ‘ब्रेन स्ट्रोक’

Neuro
एक पछि अर्को बज्रपात : दुर्घटनामा श्रीमान गुमाएकी अफसनालाई ‘ब्रेन स्ट्रोक’

विराटनगर – गत सोमबार काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको युएस बंगलाको विमानका क्याप्टेन अविद सुल्तानको मृत्यु भएको एक हप्ता बित्न नपाउंदै उनकी धर्मपत्नी अफसना खनामलाई “ब्रेन स्ट्रोक” भएर अस्पताल भर्ना गरिएको छ ।

cura insider

विरामी अफसनालाई विहान ४ बजे बंगलादेशको उत्तरास्थित नीजि निवासमा ‘ब्रेन स्ट्रोक’भएको उनका आफन्तजनहरुले जनाएका छन् ।आफन्तहरुको भनाई अनुसार उनलाई ढाकाको अरारगाउँस्थीत नेशनल इन्स्टीच्युट अफ न्युरोसाइन्स एण्ड हस्पिटलमा भर्ना गरिएको छ । डाक्टरहरुले बिहान सात बजे उनको शल्यक्रिया गरेको बङ्लादेशी समाचारपत्र डेली स्टारले समाचार प्रकाशन गरेको छ ।

पाइलट कप्तान अविद सुल्तान र उनका को पाईलत सबैको बिमान दुर्घटनामा ज्यान गएको हो। दुर्घटनामा २२ नेपाली ,२६ बंगलादेशी नागरिक र एक चिनियाँ नागरिकको पनि मृत्यु भएको थियो ।

jackson ribon