birat ribon

राजश्व अपचलन गर्ने दुईजना निलम्बित

Neuro
राजश्व अपचलन गर्ने दुईजना निलम्बित


गोपाल पोख्रेल
कोशी अनलाइन
चैत ५, मोरङ, विराटनगर भन्सार कार्यालयले राजश्व अपचलन गरेको अभियोगमा दुईजनालाई निलम्बन गरेको छ । भन्सार कार्यालयले सुरेश क्लिरिङ एण्ड फारवार्डिङ सर्भिस विराटनगरका प्रोपराइटर भन्सार एजेन्ट विरानगर-७ का सुरेश बोहोरा र उनका प्रतिनिधि भन्सार एजेन्ट ललीत बोेहोरालाई निलम्बन गरेको हो ।

cura insider

भन्सार ऐनअनुसार दुवैजनालाई ६ महिनाका लागि निलम्बन गरिएको हो । बैंक कर्मचारी बीचको मिलेमतोमा बैंकको भन्सार काउन्टरमा सुरेश क्लियरीङ एण्ड फरवार्डिङ सर्भिसले प्रज्ञापन पत्रबापतको भन्सार राजश्व बैंकमा दाखिला नगरी अपचलन गरेका थिए । सर्भिसका प्रोपाइटर तथा भन्सार एजेन्ट सुरेश र उनका प्रतिनिधि भन्सार एजेन्ट ललीतले बैंक कर्मचारीको मिलेमतोमा नौ करोड ६१ लाख ५५ हजार भन्सार राजश्व अपचलन गरेका हुन् । उनीहरुले भने बैंकमा रकम बुझाएका छैनन् ।

उध्योगी र व्यापारीहरुले विभिन्न माल-वस्तु आयात-निर्यात गर्न भन्सारको जाँचपास भन्सार एजेन्टमार्फत् गराउँछन् । एजेन्टहरुले माल-वस्तु जाँचपासका लागि विराटनगर भन्सार कार्यालयको प्रज्ञापनपत्र बापतको राजश्व राष्ट्रिय वाणिज्य बैंकको सुख्खा बन्दरगाहस्थित भन्सार कार्यालको खातामा जम्मा गरी रसिद प्राप्त गर्छन् । उक्त रसिदको आधारमा माल-वस्तु जाँचपास गरेर भन्सार कार्यालयबाट छोडिन्छ । विराटनगर भन्सारमा पुस ९ गतेदेखि माघ १९ गतेसम्म १८ करोड ४० ला ४४ हजार सात सय ६५ रुपैयाँ राजश्व असुलीको रसिद बैंकबाट प्राप्त भएको देखिन्छ ।

तर, उक्त अवधिमा सुरेश क्लियरिङ एण्ड फरवार्डिङले बैक कर्मचारीको मिलेमतोमा नौ करोड ६१ लख ५५ हजार रुपैयाँ बैंक खातामा जम्मा नै नगरी रसिद मात्र लिएर जाँचपास गराई माल-वस्तु आयात-निर्यात गरेको थियो । राष्ट्रिय वाणिज्य बैंक शाखाका सुक्खा मन्दरगहा रानी विराटनगरका प्रबन्धक विष्णुप्रसा निरौला र बैंकका भन्सर काउन्टर इन्चार्ज वरिष्ठ सहाययक तेर्णराज राउतलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरीरहेको छ । अहिलेसम्म भन्सार एजेन्ट दुवैजना फारार रहेका छन् । तर, उक्त घोटाला काण्ड मिलाउनका लागि विराटनगरका केही उध्योगीहरु लागिपरेका छन् ।

jackson ribon