birat ribon

काममा नखटिने कर्मचारीलाई बर्खास्त गर्ने लालबाबुको चेतावनी

Neuro
काममा नखटिने कर्मचारीलाई बर्खास्त गर्ने लालबाबुको चेतावनी

कोशी अनलाइन
चैत ५, काठमाडौं, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सरकारले खटाएको क्षेत्रमा गई सेवा नदिने कर्मचारीलाई बर्खास्त गरिने बताएका छन् । उनले सरकारले तोकिएको क्षेत्रमा काम नगर्ने कर्मचारीको अभिलेख राख्न थालेको बताए ।

cura insider

कार्यक्षेत्रमा नजाने कर्मचारीको अभिलेख संकलन गरिसकेपछि उनीहरूको सुविधासमेत रोक्का गरिने प्रष्ट पारे । उनले निजामती कर्मचारीलाई नि:स्वार्थ भावनाले जनताको सेवा गर्न निर्देशन दिँदै त्यसका लागि आवश्यक सहयोग गर्न आफू तयार रहेको बताए । कर्मचारीले कानून र जनभावनाको कदर गर्दै कार्यसम्पादन गर्नुपर्ने उनको धारणा थियो ।

मन्त्री पण्डितले कर्मचारी संगठनले कार्यालय समयमा कुनै गतिविधि गर्न नपाउने बताउँदै कर्मचारी संगठनको सुझाव लिएपनि नीति निर्माणको काममा कुनै किसिमको दबाबमा आफू नपर्ने बताए । निजामती कर्मचारीले लामो बिदा लिन नपाउने प्रष्ट पार्दै उनले आफूले कर्मचारीको सरुवा-बढुवा गर्दा दबाबमा नपरी निष्पक्षता अपनाउने बताए ।

jackson ribon