birat ribon

एकएक सय उठाएर साढे नौ करोडको अत्याधुनिक शौचालय निर्माण

Neuro
एकएक सय उठाएर साढे नौ करोडको  अत्याधुनिक शौचालय निर्माण

उत्तम पोख्रेल
कोशी अनलाइन
चैत्र ५, मोरङ, देशैभरि खुल्ला दिशामुक्त अभियान चलिरहेका बेला मोरङको सुन्दरहरैंचा नगरपालिकामा नौ करोडभन्दा बढिको लगानिमा अत्याधुनिक शौचालयको निर्माण कार्य थालिएको छ ।

cura insider


९करोड ६४ लाख ६२ हजार ५ सय ८ रुपैयाँको लागतमा उक्त अत्याधुनिक शौचालय बन्न लागेको हो । विराटचौक, खोर्साने, सलकपुर, गोठगाउँ, गछिया, बलिया, र हरैंचामा गरी सात ठाउँमा निर्माण थालिएको शौचालय निर्माणात्मक महाअभियानका अध्यक्ष भोलेश्वर दुलालले जानकारी दिए । महाअभियान नाम दिएर बनाउन थालिएको शौचालय प्रविधिमैत्री तथा अपांगमैत्री बनाईने अध्यक्ष दुलालले बताए । महिला तथा पुरुषको शौचालय छुट्टा–छुट्टै बनाईने पनि दुलाले बताए । धुम्रपानका लागि छुट्टै स्मोकिङ जोन निर्माण गरिने उक्त शौचालयमा वाथरुम, महिलाहरुका लागि सेनीटरी प्याड चेन्ज गर्ने ठाउँ, बच्चाहरुको लागि डाईफर चेन्ज गर्ने, मोवाइल चार्ज गर्ने, तौल मापन गर्नेे मेसिन समते राखिने अध्यक्ष दुलालले बताए ।

साढे दुई तला बन्ने शौचालयमा माथिल्लो तलामा सार्वजनिक पुस्तकालयको निर्माण गरिने महाअभियानका उपाध्यक्ष नवराज चापागार्इंले जानकारी दिए । निःशुल्क वाईफाईका साथै कम्प्युटरबाट अनलाईन पुस्तक पनि पढ्न सकिने चापागाईंले बताए । सरसफाई गर्ने मान्छेको कोठा, किचन र वाथरुम समेत निर्माण गरिने उनको भनाइ थियो । विराटचौक, खोर्साने, सलकपुर, गोठगाउँ, गछिया, बलिया, र हरैंचा गरि सातैवटा ठाउँमा बन्ने उक्त सार्वजनिक शैचालय एउटै डिजाइन र एउटै कलरको निर्माण गरिने उपाध्यक्ष चापागाईले बताए ।

 

तत्कालिन कोशीहरैँचा उधोग वाणिज्य संघ सुन्दरहरैँचाको आयोजनामा कोशीहरैँचा एक्स्पो २०७३ बाट बचत रकमलाई सार्वजनिक शौचालय निमार्णको पहिलो चरणमा खर्च गरिने उपाध्यक्ष चापागाईंको भनाइ थियो । उक्त एक्स्पोमा ५८, लाख ३८, हजार ३ हजार ४० रुपैयाँ खर्च कटाएर बचत गरिएको थियो ।

नगरपालिकामा बसोवास गर्ने सबैको सहभागिता गराउने गरी अभियानले तिब्रता दिएको छ । नगरपालिका भित्र बसोवास गर्ने नगरवासीबाट एकसयका दरले रकम संकलन गर्न थालिएको महाअभियानले जनाएको छ । विराटचोक, खोर्साने, हरैंचा लगायतका क्षेत्रमा जग्गाको समेत व्यवस्थापन गरिएको र केही स्थानमा जग्गाको तयारी भईरहेको अभियानले जनाएको छ ।

देशैभरी खुल्ला दिशामुक्त अभियान सञ्चालन भईरहेका बेला सुन्दरहरंैचाका व्यापारीको सक्रियताले राज्यले गरेका निर्णयलाई सहयोग पुगेको सुन्दरहरंैचा नगरपालिकाका मेयर शिवप्रसाद ढकालले बताए । शौचालय निर्माणका लागि विभिन्न वित्तिय संस्था बैंक, व्यवसायी संघ सस्थाहरुको समेत सहभागितामा उक्त शौचालय निर्माण गर्न लागिएको हो ।

मोरङ जिल्लाकै नमुनानगरका रुपमा रहेको सुन्दरहरैंचा नगरपालिकाका अधिकांश बजारहरु ब्यस्त मानिन्छन् । तरपनि, अहिलेसम्म शौचालय भने निर्माण हुन सकेका थिएनन् । शौचालय निर्माण नहुदाँ बजार भर्न आएका ग्राहकहरुका लागि समस्या हुनेगरेको थियो । एकबर्ष भित्रमा सबै शौचालयको निर्माण गरिसक्ने गरि काम थालिएको छ । बजारसँगै जोडिएका शौचालय निर्माणले ब्यापार व्यवसायमा समेत सहयोग पुग्ने व्यापारीहरुको भनाइ रहेको छ ।

jackson ribon