birat ribon

प्रधानमन्त्रीद्वारा सशस्त्र प्रहरी बलको प्रशंसा

Neuro
प्रधानमन्त्रीद्वारा सशस्त्र प्रहरी बलको प्रशंसा

कोशी अनलाइन
चैत ५, काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले सशस्त्र प्रहरी बलका जवान तथा अधिकृतहरूलाई देश र जनताको हित र सुरक्षाका लागि डटेर काम गर्न निर्देशन दिएका छन् । काठमाडौंको मातातीर्थस्थित राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानको नवनिर्मित भवनको उद्घाटन गर्ने क्रममा ओलीले सशस्त्र प्रहरी बलले देशको सुरक्षा मजबुत राख्नमा अहम भूमिका निर्वाह गरेको भन्दै सो संगठनको प्रशंसासमेत गरे ।

cura insider

प्रधानमन्त्री ओलीले आफ्नो पाँचवर्षे कार्यकालमा नेपालको विकासमा कायापलट ल्याउने बताए । आफू देशको लागि काम गर्न प्रधानमन्त्री बनेको बताउँदै उनले आफूले देशलाई विकसित र समृद्ध बनाउने बताए । देशको अवस्था सुधार गर्न सबैले सामूहिक प्रयास गर्नुपर्नेमा उनले जोड दिए । शान्ति र एकताको युगमा मतभेदले स्थान पाउन नहुने उनको भनाइ थियो । सशस्त्र द्वन्द्वबाट प्राप्त लोकतान्त्रिक अभ्यासको संरक्षण गर्दै मुलुकको शान्ति सु-व्यवस्थालाई दीगोपन दिनुपर्ने उनले उल्लेख गरे ।

सोही समारोहमा उपस्थित गृहमन्त्री रामबहादुर थापाले सशस्त्र प्रहरी बललाई विकसित र सशक्त बनाउन सरकारले प्रयास गर्ने बताए । सशस्त्र प्रहरी बलको भौतिक र सांगठानिक सुधार हुनुपर्नेमा सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले जोड दिए । तीन सय १८ रोपनी क्षेत्रफलमा फैलिएको सो भवन तीन अर्ब ६० करोड रुपैयाँको लागतमा निर्माण भएको र यसमा लागेको सम्पूर्ण खर्च चीन सरकारबाट सहयोगस्वरूप प्राप्त भएको हो ।

jackson ribon