birat ribon

एन्टिगोनीको भव्य मञ्चनसँगै गुरुकुलमा मान्द्रागोरा सर्कस मञ्चन हुने

Neuro
एन्टिगोनीको भव्य मञ्चनसँगै गुरुकुलमा मान्द्रागोरा सर्कस मञ्चन हुने

कोशी अनलाइन
चैत्र ५, मोरङ, विराटनगरको हाटखोलास्थित शुशिला कोइराला नाटकघर आरोहण गुरुकुलमा यही चैत्र ६ गते मंगलबार साँझ ५ बजे नाटक ‘मान्द्रागोरा सर्कस’ मञ्चन हुनेभएको छ । आरोहण गुरुकुल र हामी युवाको संयुक्त आयोजनामा उक्त नाटक मञ्चन हुन लागेको हो ।


अर्जेन्टिनाको चर्चित मान्द्रागोरा सर्कस नामक नाटक विभिन्न देशहरुमा भव्यताका साथ सफल मञ्चनपश्चात विराटनगरको गुरुकुलमा मञ्चन हुने आयोजकमा मध्येका हामी युवाका फाउन्डर सविन दाहालले जानकारी दिए ।

cura insider

विना संवाद देखाइने यस नाटक सबै उमेरसमूहले रुचाउने भएतापनि विषेशगरी बच्चाहरुका लागि हुनसक्ने आयोजक दाहालको भनाइ छ । अर्जेन्टिनाका कलाकार मारियाना सिल्भा र जुन क्रुज ब्राकामोन्टेद्वारा अभिनित यस नाटकमा आवश्यकता अनुसार शरीरलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने कुरालाई देखाउन खोजिएको छ । मान्द्रोगोरा सर्कस नाटकका लागि आयोजकले टिकटदर रु २ सय र ३ सय तोकेको छ ।

आरोहण गुरुकुल र हामी युवाको संयुक्त आयोजना भएको नाटक एन्टिगोनी फागुन २९, ३० र चैत्र १ गते भव्यताका साथ मञ्चन भइसकेको छ ।

jackson ribon