birat ribon

टाइगर अभिनित बाघी दुर्इमा चर्चित गीत समावेश (भिडियोसहित )

Neuro
टाइगर अभिनित बाघी दुर्इमा चर्चित गीत समावेश (भिडियोसहित )

चैत्र ५, मोरङ, हिरोपन्ती, बाघी, फ्लाइङ जट आदि फ्लिमहरुबाट चर्चाको शिखरमा पुगेका नायक टाइगर स्रफ अभिनित चलचित्र बाघी–२ को आइटम गीत ‘एक दुो तीन चार…’ बोलको गीत यु–ट्यूबमा रिलिज भएको छ ।

cura insider

यस अघिको एक दो तीन बोलको गीतमा माधुरी दिक्षित आइटम डान्स गरेकी थिइन् भने बाघी–२ मा समावेश गरिएको उक्त गीतमा ज्याकलिन फर्नान्डेजले उत्कृष्ट नृत्य गरेकी छन् । जावेद अख्तरको शव्द, लक्ष्मीकान्त प्यारेलालको संगीत तथा अल्का यग्निकको स्वरमा रहेको पुरानो तथा ओरीजिनल गीतलाई श्रेया घोसालले आवाज दिएकी छन् । यसैगरी लक्ष्मीकान्त प्यारेलालले भरेको संगीतलाई पुनः सिर्जना गरेका छन् सन्दिप शिरोधरले ।

बाघी २ चलचित्रमा टाइगर स्रफका साथमा दिशा पटानी, साजिद नडिएटवाला, अहमेद खान लगायतको मुख्य अभिनय रहेको छ । एक्सन बेसमा बनेको उक्त चलचित्र ३० मार्च २०१८ मा प्रदर्शन हुन लागेको छ ।

jackson ribon