birat ribon

क्यान्सरबाट मृत्यु भएका ललितको परिवारलाइ इजरायलबाट आर्थिक सहयोग

Neuro
क्यान्सरबाट मृत्यु भएका ललितको परिवारलाइ इजरायलबाट आर्थिक सहयोग

कोशी अनलाइन
चैत्र ५, मोरङ, क्यान्सर रोगबाट पीडित भई निधन भएका कमल गाउँपालिका ४ झापाका ललित तामाङको परिवारलाई इजरायलबाट पठाइएको आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।

cura insider


इजरायलबाट पथरीशनिश्चरे निवासी प्रकाश पाहिम लिम्बूले आफू र साथीभाईबाट संकलन गरेर पठाएको नगद ८७ हजार ५ रुपैंया आईतवार पत्रकार तेजन खड्काले घरमै लगेर ललितकी श्रीमती गोमालाई हस्तान्तरण गरेका हुन् । विभिन्न सञ्चारमाध्यमा तामाङ क्यान्सर रोगबाट पीडित भई उपचारमा समस्या भएको समाचार आएपछि प्रकाशले आर्थिक सहयोग संकलन गरेका थिए ।

तामाङको निधन भएको खबरले दुःख लागेको बताउदैँ प्रकाशले परिवारको दहनिय अवस्थामा लालावालाको पठनमा सहयोग स्वरुप सहयोग रकम पठाएको बताएका छन् । रकम हस्तान्तरण कार्यक्रममा बोल्दै पत्रकार खड्काले विदेशबाट रकम हस्तान्तरण गर्ने जिम्मेवारी आफुलाई दिएको र हस्तान्तरण गरेको बताए । विदेशमा श्रम गरि मेहनत पसिना बगाएर कमाएको केहि रकम प्रकाश दाई लगायत उहाँको साथीभाईले सहयोग गर्नुभएको हो, खड्काले भने, ‘वालबच्चाको पठनपाठन लगायत परिवारको समस्यामा खर्च गर्नुहोला । ’

सहयोग अभियानमा अहोरात्र खटिरहेकी लक्ष्मी तामाङ अन्जुले कार्यक्रमको व्यवस्थापन गरेकी थिईन । उनले सहयोगी दाताहरुमा धन्यवाद दिईन् । ‘ललित दाईलाई बचाउँन अथक प्रयास गर्दापनि मृत्युसँग संघर्ष हामीले जित्न सकेनाँै’, लक्ष्मीले भनिन्, ‘निधनपछि पनि बालबच्चाको भविष्य र परिवारको दहनिय अवस्था सम्झेर सहयोग गरिदिनुभएकोमा तामाङ परिवारबाट सहयोगीदातामा धन्यवाद ज्ञापन गर्दछौ’ । लक्ष्मीका अनुसार स्वर्गिय ललितका ५ जना छोराछोरी छन् । श्रीमती पनि अपाङ्गता हुनुहुन्छ । उहाँहरुको सानो छाप्रोमा बस्ने चुहिने र पुरानो भईसकेको छ । छोराछोरीका लागि विद्यालयमा छुट गराएर पढाउने व्यवस्थाको लागि आफू लागिरहेको बताईन् । जति पनि सहयोग रकम आएको छ बैंकमा खाता खोलेर राखिएको छ ।


सहयोग हस्तान्तरण कार्यक्रममा पत्रकार हरि कोईराला, गोपाल काफ्ले लगायत छरछिमेकहरुको उपस्थिती रहेको थियो ।

jackson ribon