birat ribon

विराटनगरको बहुप्रतिक्षित भाटभटेनी बैशाखदेखि सञ्चालनमा आउने

Neuro
विराटनगरको बहुप्रतिक्षित भाटभटेनी बैशाखदेखि सञ्चालनमा आउने

कोशी अनलाइन
चैत्र ५, मोरङ, विराटनगरको धरान रोडमा बनेको सात तलाको भाटभटेनी सुपर मार्केट बैशाख १ गते देखि संञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।

cura insider

भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङका अनुसार निर्माणको काम सुरु गरेको ११ महिनामै विराटनगरको धरान रोडमा सात तलाको भाटभटेनी सुपर मार्केट तयार भएको हो । एक अर्बको लगानीमा स्ट्यान्डर्ड चार्टर्ड बैंकको अगुवाईमा विभिन्न आधादर्जन बैकको लगानी सो भाटभटेनीमा छ । ८ कट्ठा जमिनमा ६० करोड खर्चेर उक्त भवन निर्माण भएको हो । गुरुङका अनुसार ४० करोडको विभिन्न सामान उक्त भाटभटेनीमा राखिने छ ।


‘भवनलाई साजसज्जासहित अन्तिम रूप दिन ३ सय ५० कामदार २४ सै घण्टा काम गरिरहेका छन् । ‘नयाँ वर्ष २०७५ को कोशेलीका रूपमा हामी विराटनगरलाई सुपर मार्केट दिँदैछौँ’, सञ्चालक गुरुङले भने, ‘। विराटनगरमा लिफ्ट र एस्किलेटरसहितको सुपर मार्केट भाटभटेनी नै पहिलो हुने भएको छ ।’
सुपर मार्केटमा २ तलाको बेसमेन्ट र माथि ५ तला छन् । बेसमेन्टको स्थान पार्किङ र कार्यालयका लागि छुट्याइएको छ । भुईं तलामा ग्रोसरी अर्थात् खाद्य सामग्री र पहिलो तलामा भान्साका सामग्री (किचनवेयर) र शृङ्गार–प्रसाधन (कस्मेटिक)का सामग्री राखिने गुरुङले बताए । त्यस्तै दोस्रो तलामा रेडिमेड गार्मेन्ट र कपडा, तेस्रोमा फुटवेयर र इलेक्ट्रोनिक तथा चौथो तलामा फर्निचरका सामग्री राखिने छन् । पाँचौँ तला मनोरञ्जनका लागि हुने छ । यस तलामा २ छुट्टाछुट्टै वातानुकूलित सिनेमा हलको तयारी गरिँदैछ । यही तलामा फुडकोर्ट रेस्टुरेन्टको व्यवस्था पनि गरिने छ । सिनेमा हल र फुडकोर्टका लागि काठमाडौंमा काम गरेर नाम कमाएको क्युएफएक्सलाई जिम्मेवारी दिइएको गुरुङले उल्लेख गरे ।

विराटनगरमा भाटभटेनीको शाखा १५ औँ संस्करणका रूपमा सञ्चालन गरिँदैछ । विराटनगरबाहेक राजधानीमा १० वटा तथा पोखरा, बुटवल, चितवन र धरानमा गरी भाटभटेनीका १४ सुपर मार्केट छन् । यसपछि भैरहवा र ललितपुरको सातदोबाटोमा सञ्चालनको तयारी गरिँदै छ ।

jackson ribon