birat ribon

छ गोलसहित रियल मड्रिडद्वारा जिरोना पराजित, रोनाल्डो एक्लैको चार गोल

Neuro
छ गोलसहित रियल मड्रिडद्वारा जिरोना पराजित, रोनाल्डो एक्लैको चार गोल

चैत्र ५, काठमाडौं, आइतबार राति रियल मड्रिडको घरेलु मैदानमा भएको स्पेनिस ला लिगा फुटबल खेलमा जिरोना ६–३ गोलसहित पराजित भएको छ । रोनाल्डो एक्लैको चार गोलको मद्दतमा स्पेनिस ला लिगा फूटबलमा रियल मड्रिडले सो खेल जितेको हो ।

cura insider

रोनाल्डोको १० औं मिनेटमा नै भएको गोलबाट रियलले अग्रता लिएको थियो । तर २९ औं मिनेटमा जिरोनाका स्तुएनीले गोल गरेर खेललाई १–१ को बराबरीमा ल्याएका थिए ।

पुनः रोनाल्डोले व्यक्तिगत दोस्रो गोल ४८ औं मिनेटमा गरे भने रियल मड्रिडका वाज्क्वेजले पनि ५८ औं मिनेटमा गरेर मड्रिडलाई थप उकालो लगाए । फेरि ६४ औं मिनेटमा रोनाल्डोले गोल गर्दै ह्याट्रिक पूरा गरे । यो उनको खेल जीवनको ५० औं ह्याट्रिक हो ।

खेल ४–१ को स्थितिमा रहेका बेला ६८ औं मिनेटमा जिरोनाका स्तुएनीले व्यक्तिगत दोस्रो गोल गरेर खेललाई ४–२ गोल अन्तर बनाएका थिए । रियलका लागि ८६ औं मिनेटमा बेलले एक गोल गरे । यता जिरोनाका लागि ८९ औं मिनेटमा लोपेजले हेडमार्फत् गोल गरेपछि खेल ५–३ को अवस्थामा थियो ।

 

रोनाल्डोले खेलको इन्जुरी समयको पहिलो मिनेटमा व्यक्तिगत चौथो गोल गर्दै रियल मड्रिडलाई ६–३ को जित दिलाए ।

जितपछि रियल मड्रिड २९ खेलबाट ६० अंक बटुल्दै अंकतालिकाको तेस्रो स्थानमा छ ।

jackson ribon