birat ribon

ट्र्याक्टरले किचेर चालकको मृत्यु

Neuro
ट्र्याक्टरले किचेर चालकको मृत्यु

चैत्र ५, मोरङ, मोरङको सुन्दरहरैचा नगरपालिका–२ बस्ने ४२ वर्षीय सुतरु सरदारको गए राति ट्र्याक्टरले किचेर मृत्यु भएको छ ।

cura insider

आफ्नै घरको आँगनमा को १ त ७६७६ नम्बरको ट्र्याक्टर पार्किङ गरेर राख्ने क्रममा आफैँ अनियन्त्रित भई खाल्डोमा पल्टिँदा ट्र्याक्टरको इन्जिनको भागमा च्यापिएर उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, मोरङले जनाएको छ ।

ट्र्याक्टर घटनास्थलमा नै रहेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
रासस

jackson ribon