birat ribon

विराटचोकमा २३ वटा बैंकका शाखा सन्चालित

Neuro
विराटचोकमा २३ वटा बैंकका शाखा सन्चालित


उत्तम पोख्रेल
कोशी अनलाइन
चैत ४, मोरङ, मोरङको सुन्दरहरैंचाको विराटचोकमा हाल २३ वटा बैंकका शाखा कार्यालयहरु रहेका छन् । ती सबै शाखाहरु नाफामा छन् । ती बैंकका शाखा प्रबन्धकहरू पनि खुसी छन् । तर, तिनै बैंकबाट ऋण लिएका सेवाग्राही भने अहिले दुःखी छन् ।

cura insider

बैंकमा आएको आर्थिक मन्दीका कारण ब्याजदर बढाएसँगै उनीहरू दुःखी बनेका हुन् । बैंकहरूले आर्थिक खतरा देखाएर उध्योगी-व्यवसायीलाई मारमा पारेको भन्दै पिएलओका सन्चालक भोलेश्वर दुलालले गुनासो गरे । कहिल्यै बन्द नहुने बजारका रुपमा चिनिएको विराटचोक बजारमा दिन प्रतिदिन बैंकहरू खुल्ने क्रममा छन् ।बैंकहरूका आम्दानीका श्रोतका रूपमा रहेका व्यवसायीलाई बैंकले ऋण लगानी नगरेर समस्यामा पारेको उध्योग-वाणिज्य संघका अध्यक्ष नवराज चापागाईले बताए ।

यसैगरी, एभरेष्ट बैंकको शाखाको विस्तार गरिएको छ । पुरानो बैंकका रुपमा चिनिएको एभरेष्ट बैंकको नयाँ शाखाको एक कार्यक्रमका बीच आइतबार उद्घाटन गरिएको छ । ७१ वटा शाखा विस्तार गरेको बैंकका १८ वटा शाखा कार्यालय उद्घाटनको तयारीमा रहेका छन् । बैंकका २७ वटा राजश्व संकलन केन्द्र रहेको एभरेष्ट बैंक विराटचोक शाखा कार्यालयका परशुराम सुवेदीले जानकारी दिए ।एक सय १३ स्थानबाट एटिएमको व्यवस्था रहेको बैंकले जनाएको छ ।

jackson ribon