birat ribon

दीगो विकास र आर्थिक समृद्धि नै सरकारको लक्ष्य : झलनाथ खनाल

Neuro
दीगो विकास र आर्थिक समृद्धि नै सरकारको लक्ष्य : झलनाथ खनाल

चैत ४, इलाम, पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले देश अब संविधान कार्यान्वयनमा अघि बढिसकेको बताएका छन् ।

नेकपा एमाले इलामको पार्टी कार्यालयमा कार्यकर्ता भेटघाटका क्रममा उहाँले तीन तहको निर्वाचन र देशले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्री नयाँ संविधानअनुसार पाइसकेकाले देश संविधान कार्यान्वयनको चरणमा गएको बताएका हुन् । ‘ दश वर्ष लगाएर बनाइएको नेपालको संविधान विश्वकै उत्कृष्ट र सफल संविधान हो, ‘ उनले भए, ‘ देशले अब संविधान कार्यान्वयनको चरण पार गर्दैछ । ‘ स्थायी सरकार भएकाले दीगो विकास र आर्थिक समृद्धि नै अबको लक्ष्य रहेको उनको भनाइ थियो ।

cura insider

स्थानीय सरकार, प्रदेश र केन्द्रीय सरकारबीच तालमेल हुनुपर्नेमा जोड दिँदै उनले तालमेलबिना विकास हुन नसक्ने धारणा राखे । कुनै क्षेत्र र जिल्लाको मात्र विकास भएर सिङ्गो देशको विकास हुन नसक्ने बताउँदै उनले सबै ठाउँको समानुपातिक विकास हुनुपर्नेमा जोड दिए । राम्रो काम गर्ने स्थानीय तहको र प्रदेशको अनुशरण गर्न सक्नुपर्ने उनको भनाइ थियो । फरक प्रसङ्गमा उनले इलाममा बीसवर्षे गाडी सन्चालन हुनुपर्ने धारणा राखे । भौगोलिक विकटताका कारण इलाममा २० वर्षे पुराना भएपनि यीनै गाडी उपयुक्त रहेको उनको भनाइ थियो । (रासस)

jackson ribon