birat ribon

राष्ट्रियसभाकी उपाध्यक्ष भइन् शशीकला

Neuro
राष्ट्रियसभाकी उपाध्यक्ष भइन् शशीकला

कोशी अनलाइन
चैत ४, काठमाडौं, संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभाको उपाध्यक्षका लागि भएको मतदानबाट माओवादी केन्द्रकी उम्मेदवार शशीकला दाहाल अत्यधिक बहुमतले विजयी भएकी छन् । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सम्पन्न मतदानमा दाहालको पक्षमा ४५ मत परेको थियो ।

cura insider

उनकी प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार वृन्दादेवी आले रानाको पक्षमा भने मात्र ११ मत पर्यो । वाम गठबन्धनका ४२ जना सदस्य रहेको राष्ट्रियसभामा नेकपा एमालेका २९ र नेकपा माओवादी केन्द्रका १३ जना सदस्य छन् । यस्तै, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको १३ जना सदस्य रहेको सभामा संघीय समाजवादी फोरम र राजपाबाट समान दुई-दुईजना सदस्य छन् । ५६ सांसदको उपस्थितिमा भएको निर्वाचनबाट दाहाल राष्ट्रियसभाकी उपाध्यक्ष बनेकी हुन् ।

jackson ribon