birat ribon

भारतीय विदेशमन्त्रीद्वारा नेपाली समकक्षीलाई आमन्त्रण

Neuro
भारतीय विदेशमन्त्रीद्वारा नेपाली समकक्षीलाई आमन्त्रण

कोशी अनलाइन
चैत ४, काठमाडौं, भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपाली समकक्षी अर्थात् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई टेलिफोन सम्पर्क गरी सफल कार्यकालका लागि शुभकामना दिएकी छन् ।

परराष्ट्रमन्त्री नियुक्त भएकोमा ज्ञवालीलाई बाधाइ दिँदै स्वराजले उनको कार्यकाल नेपाल र भारतबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन महत्वपूर्ण हुने विश्वास व्यक्त गरिन् । टेलिफोन संवादका क्रममा स्वराजले ज्ञवालीलाई भारत भ्रमणका लागि आमन्त्रणसमेत गरेको नेपालका लागि भारतीय राजदूतावासले जनाएको छ ।

cura insider
jackson ribon