birat ribon

कृषि बजारमा अदुवा र बेसारको छुट्टै गोदाम घर बन्दै

Neuro
कृषि बजारमा अदुवा र बेसारको छुट्टै गोदाम घर बन्दै


कोशी अनलाइन
चैत ४, सुनसरी, धरान स्थित कृषि उपज बजारस्थलमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अदुवा तथा बेसार जोन कार्यान्यवन इकाई धरानको सहयोगमा गोदाम घर निर्माण कार्य अघि बढेको छ । बजारस्थलको डेढ कट्ठाको क्षेत्रफलमा गोदाम घर निर्माण सुरु भएको हो । कूल लागत ५९ लाख ९९ हजार नौ सय ६५ रुपैयाँ रहेको गोदाम घर निर्माणका लागि परियोजनाले ५ प्रतिशत कन्टीजेन्सी कट्टा हुनेगरी ५३ लाख ६० हजार रुपैयाँ उपलब्ध गराएको छ भने कृषि उपज बजारस्थलको नौ लाख सात हजार नौ सय ६५ रुपैयाँ लगानी गरेको छ ।

अहिले अदुवा र बेसार बजारबाट धुलाई, ग्रेडिङ, प्याकेजिङ नगरी सिधै भारतीय बजारमा जाने गरेको छ । जसले गर्दा भारतीय नाकाहरुमा उत्पादन गुणस्तरीय नभएको भन्दै समस्या भोग्नुपरेको छ । बजारीकरण र गुणस्तरीयतामा देखिएका समस्याहरु समाधान गर्न सके कारोबारमा वृद्धि हुने कृषि उपज बजारस्थलका अध्यक्ष काजी गिरीले बताए । उनले भने, ‘ग्रेडिङ, प्याकेजिङ, धुलाई एकै थलोमा भएर अन्तर्राष्ट्रिय मापदण्डको बेसार तथा अदुवा बजारमा लान सक्छौं, जसले गर्दा बजारीकरणमा सहयोग पुग्नेछ ।’ बजारस्थलका अनुसार पहाडी जिल्लामा पाँच सय कृषकहरुले अदुवा र बेसारका खेती लगाएका छन् ।

cura insider

उनीहरुले उत्पादन गरेको अदुवा प्रति वर्ष १० हजार मेट्रिक टन र बेसार दुई हजार पाँच सय मेट्रिक टन भारतीय बजारमा निर्यात हुने गरेको छ । सफाई नगरीकनै माटोसहित ल्याइएका अदुवाहरु भारतीय नाकाहरुमा समस्या बन्ने गरेको छ । गुणस्तरीय नभएको भन्दै भारतीय चेक पोष्टहरुमा व्यवसायीले सास्ती भोग्दै आएका छन् । स्थानीयस्तरमै छुट्टै गोदाम घर बनेपछि समस्याबाट मुक्त हुने बजारका व्यवस्थापक लक्ष्मण भट्टराईको भनाइ छ ।

उनले भने, ‘ग्रेडिङ गरेर अदुवा, बेसार बजारमा लाने हो भने अदुवा प्रति वर्ष १५ हजार मेट्रिक टन र बेसार ३ हजार मेट्रिक टन निर्यात गर्न सक्छौं ।’ गोदाम घर परियोजना सम्पन्न भइसकेपछि सानो परिमाणमा उत्पादन गर्नेदेखि ठूलो परिमाणका अदुवा तथा बेसार कृषकहरुलाई धुलाई, ग्रेडिङ, प्याकेजिङ, लेबलिङ तथा प्रशोधनसम्बन्धि तालिम तथा प्रशिक्षण प्रदान गरिने उनले बताए । कच्चा रुपमा निर्यात हुँदै आएका कृषि उपजहरु गुणस्तरीय भई मूल्य बढी पाउन सहयोग पुग्ने उनको भनाइ छ । पूर्वी नेपालका सुनसरी, धनकुटा, संखुवासभा, तेह्रथुम, ताप्लेजुङ, भोजपुर लगायतका जिल्लाहरुमा उत्पादन भएका अदुवा र बेसार धरानस्थित कृषि उपज बजारस्थलबाटै देश तथा विदेशमा निर्यात हुने गरेको छ ।

क्षेत्रीय स्तरको बजार भएकाले धरानमै गोदाम घर निर्माण गरिएको अदुवा तथा बेसार जोन इकाईका वरिष्ठ कृषि अधिकृत निलकमल सिंहले बताए । उनका अनुसार गोदाम घरमा अदुवा र बेसार सफाइ गर्न वासिङ मेसिन राख्ने तयारी भएको छ । उनले भने, ‘फाइबरलेस कृषि उपजहरुलाई गुणस्तरीय मानिन्छ, जसका लागि सरसफाइमा ध्यान दिनुपर्छ अब गोदाम घरबाटै गुणस्तरीय अदुवा र बेसार बजारमा लान सकिन्छ ।’ २०७५ असार मसान्तसम्ममा भवन निर्माण सम्पन्न गरिसक्नेगरी कृषि उपज बजारस्थलले स्थानीय ठेकेदार राजकुमार राईलाई ठेक्का दिएको छ । पहिलो चरणको निर्माण कार्य सम्पन्न भइसकेको छ । गोदाम घर निर्माणपछि अदुवा र बेसारको १५ प्रतिशत निर्यात उपजमा गुणस्तर कायम गर्ने र ५ वर्षपछि १५ प्रतिशतले रोजगारी र आम्दानीमा वृद्धि हुने लक्ष्य लिएको छ ।

jackson ribon