birat ribon

लिभरपुलले वाटफोर्डलाई ५-० ले हरायो, सालाहले हाने ४ गोल

Neuro
लिभरपुलले वाटफोर्डलाई ५-० ले हरायो, सालाहले हाने ४ गोल

एजेन्सी
गए राति प्रिमियर लिगमा लिभरपुलले वाटफोर्डलाई ५-० को फराकिलो गोलअन्तरले पराजित गरेको छ । लिभरपुलको जितमा फरवार्ड मोहम्मद सालाह एक्लैले ४ गोल गरे ।

cura insider

सालाहले खेलको चौथो मिनेटमै गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यस्तै पहिलो हाफको अन्त्य अघि उनले लिभरपुलको अग्रता दोब्बर पारेका थिए । सालाहकै पासमा खेलको ४९ औं मिनेटमा रोबर्टो फिर्मिनोले स्कोर ३-० बनाएका थिए ।

त्यस्तै ७७ र ८५ औं मिनेटमा गोल गर्दै सालाहले लिभरपुलको फराकिलो जित सुनिश्चित गरेका थिए । यस खेलमा ४ गोलसँगै उनको प्रिमियर लिगमा २८ गोल पुगेको छ । दोस्रो स्थानमा रहेका ह्यारी केनको २४ गोल रहेको छ । त्यस्तै युरोपकै शीर्ष गोलकर्तामा पनि सालाह शीर्षस्थानमा उक्लेका छन् । अहिलेसम्म सबै प्रतियोगितामा सालाहको ३६ गोल रहेको छ ।

jackson ribon