birat ribon

आठ वर्षीय बालकको शव फेला

Neuro
आठ वर्षीय बालकको शव फेला

कोशी अनलाइन
चैत ४, धनुषा, धनुषाको कमला नगरपालिका-८ मा एक आठ वर्षीय बालकको शव फेला परेको छ । स्थानीय प्रमोद साहका छोरा रमण साहको शव फेला परेको धनुषा प्रहरीले जनाएको छ । आइतबार बिहान कुलोमा शव फेला परेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए ।

मृतक बालकको शव डाम र चोटग्रस्त अवस्थामा रहेकाले बालकको हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ । बालकको शव पोस्टमार्टमका लागि जनकपुर अञ्चल अस्पतालमा पठाई घटनाको विस्तृत अनुसन्धान सुरु गरेको धनुषा प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए । शनिबार साँझदेखि नै बालक घरबाट बेपत्ता रहेको स्थानीयको भनाइ छ ।

cura insider
jackson ribon