birat ribon

जेठाजुको किड्नी बुहारीलाई दान

Neuro
जेठाजुको किड्नी बुहारीलाई दान

चैत्र ४, काँकडभिट्टा, झापाका पत्रकार माया पकुवाललाई मिर्गाैला प्रत्यारोपण गरिएको छ ।

cura insider

भद्रपुरबाट प्रकाशन हुने ‘वरुण’ साप्ताहिकका सम्पादक पकुवाललाई उनकै जेठाजु सौरभले काठमाण्डाै स्थित भक्तपुरमा रहेको मानव अंग प्रत्यारोपण केन्द्रमा बिहीबार मिर्गौला दान गरेको परिवारले जनाएको छ ।

दश महिनाअघि रक्तचाप घटबढ भइरहने र ज्वरो आइरहने भएपछि पकुवाल उपचारका धरानस्थित बिपी मेमोरियल अस्पताल गएकी थिइन् । उपचारका क्रममा चिकित्सकले उनका दुवै मिर्गाैला खराब भएको र प्रत्यारोपण गर्न सुझाव दिएपछि श्रेष्ठ परिवार कसले मिर्गाैला दान दिने भन्नेबारेमा छलफलमा जुटेको थियो ।

सोही अवसरमा सौरभले आफ्नो मिर्गौला दान दिँदा मायाको स्वास्थ्य स्थिति राम्रो हुन्छ भने दिन आफू तयार रहेको बताएका थिए । मिर्गाैलाको सफल प्रत्यारोपण भएको सौरभकी पत्नी करुणाले बताइन् । उनका अनुसार हाल दुवैको स्वास्थ्य सामान्य छ । झापामा २०६४ सालमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि उनकै नाताले बुहारी पर्ने अञ्जान ओलीले मिर्गाैला दान दिएकी थिइन् ।

रासस

jackson ribon