birat ribon

म्यानचेस्टर युनाइटेड र टोटनहृयाम एफए कपको सेमिफाइनलमा

Neuro
म्यानचेस्टर युनाइटेड र टोटनहृयाम एफए कपको सेमिफाइनलमा

चैत्र ४, मोरङ, म्यानचेस्टर युनाइटेड र टोटनहृयाम एफए कपको सेमिफाइनल खेलमा प्रवेश गरेका छन् । च्याम्पियन्स लिगबाट बाहिरिएको म्यानचेस्टर युनाइटेडले ब्राइटनलाई २–० गोल अन्तरले हराउँदै म्यानचेष्टर युनाइटेड र स्वान्सी सिटीलाई ३–० ले हराउँदै टोटनहृयाम सेमिफाइलनमा पुगेका हुन् ।

cura insider


रामेलु लुकाकु र म्याटिकले म्यानचेस्टर युनाइटेडलाई जिताउन एक–एक गोल गरेका थिए भने टोटनहृामका लागि एरिक्सनले दुई तथा लालेमाले एक गोल गरेका थिए । टोटनहृामका खेलाडी एरिक्सनले ११ औं मिनेटमा गोल गर्दै टिमलाई सुरुवाति अग्रता दिलाए । पुनः एरिक्सनले ६२ औं मिनेटमा पनि व्यक्तिगत दोस्रो गोल गरेका थिए । त्यसअघि पहिलो हाफको इन्जुरी समयमा लामेलाले गोल गरेका थिए ।
च्याम्पियन्स लिगबाट बाहिरिएपछि म्यानचेस्टर युनाइटेडले जारी सिजनको एफए कपमा ११ औं खेल खेल्दासम्म एक गोल पनि खाएको छैन ।
यता टोटनह्यामले भने सन् २००८ मा लिग कपको उपाधि जिते पनि त्यसपछि कुनै पनि उपाधि जित्न सकेको छैन ।

jackson ribon