birat ribon

स्तनपान गराउने आमाले कम्तिमा यी कुराहरु थाहा पाउनै पर्छ

Neuro
स्तनपान गराउने आमाले कम्तिमा यी कुराहरु थाहा पाउनै पर्छ

स्तनपान आमा र बच्चाका लागि निकै महत्वपूर्ण छ । स्तनपानले बच्चालाई तफाईदा हुन्छ नै । आमालाई समेत फाईदा पु¥याउने गर्दछ । तर स्तनपान गराउने आमाले केही कुराहरु थाहा पाई राख्नु पर्ने हुन्छ । जसले गर्दा बच्चाको ख्याल पुग्नुका साथै आफुलाई समेत फाईदा हुन्छ । त्यसैले यहाँ उल्लेखित यी कुराहरुमा ध्यान दिनु आवश्यक छ ।

cura insider

१. सुत्केरी हुनपूर्व नै बच्चालाई स्तनपान कसरी गराउने भन्नेबारे आमाले जानकारी राख्ने। ताकि बच्चा जन्मी सकेपछि स्तनपानमा कठिनाइ नपरोस्।

२. शिशु जम्मिएको एक घण्टाभित्र नै स्तनपान गराउने।

३. प्रत्येक दुई घण्टामा बच्चालाई स्तनपान गराउने।

४. प्रत्येक पटक स्तनपान गराइसकेपछि एक गिलास दूध वा जुस पिउने।

५. बच्चा बिरामी छ तर खान सक्छ भने स्तनपानलाई निरन्तरता दिने।

६. शिशुलाई स्तनपान गराउँदा राति पनि उठ्नुपर्ने हुनाले आमाले समय मिलाएर आराम गर्नु अत्यन्त जरुरी हुन्छ।

७. आमाको स्वास्थ्य मजबुत राख्नका लागि सम्पूर्ण पोषण तत्व पुग्ने गरी खानेकुरा खाने।

८. स्तनमा संक्रमणका कारण आमाले औषधि प्रयोग गरेको अवस्थामा पनि स्तनपान नगराउने।

९. आमालाई टिबी, हेपाटाइटिस बि र सी जस्ता रोग छन् भने स्तनपान गराउनु हुँदैन। स्तनपानमा समस्या आए स्वास्थ्यकर्मीको सल्लाह लिनुहोला ।

jackson ribon