birat ribon

अरुण पुर्व ९ जिल्ला लिम्बुवान प्रदेश नामाकरण गर्नुपर्ने माग

Neuro
अरुण पुर्व ९ जिल्ला लिम्बुवान प्रदेश नामाकरण गर्नुपर्ने माग

चैत्र ३, धरान, चार दिन अघिदेखि धरानमा भएको किरात याक्थुङ चुम्लुङको दशौं राष्ट्रिय महाधिवेशनले ऐतिहासिक पृष्ठभुमिको आधारमा अरुण सप्तकोशी पुर्वको ९ जिल्ला लिम्बुवान प्रदेश घोषणा गर्नु पर्ने माग गरेको छ ।

cura insider

महाधिवेसनले पारित गरेका निर्णयहरु पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्दै चुम्लुङले प्रदेश १ को १४ जिल्लालाई पुनर्सिमाङक्न गरेर नौ जिल्लालाई लिम्बुवान प्रदेश बनाउन माग गरिएको जनाएको छ । चुम्लुङको महाधिवेशनले राज्य पुनसंरचना आयोगले प्रदेश १ मा अरुण पश्चिमका अतिरिक्त ६ जिल्ला पनि जोडेर १४ जिल्लाको एउटा प्रदेश बनाएर लिम्बुवान स्वायत्त राज्यको आन्दोलनलाई कमजोर बनाउन षडयन्त्र गरेको चुम्लुङका उपाध्यक्ष कमल तिगेलाले आरोप लगाए ।

लिम्बुवान क्षेत्रमा भएका प्रचलित र स्थापित विभिन्न नामहरुलाई नेपालीकरण गरेर पहिचान मेटेकाले पहिलेको जस्तै नामाकरण गर्न पनि माग गरेको छ । अन्य मुलुकका सरकारले आदिवासी जनजातिको हितलाई ध्यानमा राखेर छुट्टै मन्त्रालय गठन गर्ने गरेको अभ्यास अनुसार नेपालमा पनि आदिवासी जनजाति मन्त्रालय गठन गर्न पनि चुम्लुङले माग गरेको छ ।

तीनदिनमा सक्ने भनिएपनि लिम्बुवान स्वायत्त राज्य स्थापनाको विषयमा छलफल र अन्तक्रिया चारदिनसम्म लम्बिएको महाधिवेशनले झापा दमकको आदिवासी रंगशालालाई मदन रंगशाला नामाकरणप्रति समेत आपती जनाएको छ । सरकारले मातृभाषामा पठन पाठन गर्ने भनेपनि शिक्षक दरबन्दी, पाठ्क्रम, पाठ्यपुस्तक, अन्य श्रोत साधनको व्यबस्था नगरेकोमा भाषिक, सांकृतिक र धार्मिक अधिकार दिएजस्तो गरेर भ्रममात्र छरेकोमा पनि चुमलुङ्ले आपत्ती जनाएको छ । अधिवेशनले लिम्बुवान दावी गरिएको नौ जिल्लामा संवैधानिक रुपमा कामकाजी भाषा लिम्बू र लिपि सिरिजंगालाई प्रयोग गर्न माग गरेको छ ।

चुम्लुङले अधिकार सम्पन्न आदिवासी आयोग गठन गर्नु पर्ने, लिम्बु आदिवासी जनजातिका हित विरुद्ध बनेका ऐनकानून खारेज गर्नु पर्ने, लिम्बु समुदायको प्रथाजनित कानूनलाई मान्यता दिनु पर्ने, आदिवासी जनजाति ऐन संसोधन गर्नु पर्ने, दमकमा फाल्गुनन्द अन्तराष्ट्रिय सभागृह निर्माण गर्नु पर्ने लगायत माग गरेको छ । दशौं अधिवेसनले योगराज लिम्बुको अध्यक्षतामा ३९ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको छ ।

jackson ribon