birat ribon

सार्कका गतिविधिलाई सही दिशा दिनुपर्छ : प्रचण्ड

Neuro
सार्कका गतिविधिलाई सही दिशा दिनुपर्छ : प्रचण्ड

चैत ३, काठमाडौं, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले भारत र पाकिस्तानबीचको आपसी समस्या समाधान गरेर दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क)का गतिविधिलाई सही दिशा दिनुपर्ने बताएका छन् ।

उध्योग, वाणिज्य तथा आपूर्ति मान्त्रालय र सार्क चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रिजले काठमाडौँमा आयोजना गरेको ‘ सार्क बिजिनेस लिडर्स कनक्लेभ’ समृद्धिका लागि राजनीतिक र आर्थिक संम्मेलनसम्बन्धि बहसमा उनले भने, ‘ भारत र पाकिस्तानले मिलेर समस्याको समाधान निकाल्नुपर्छ ।’ दक्षिण एसियाको सबैभन्दा ठूलो मुलुकको हैसियतमा भारतले ज्यादा पहल कदमी लिनुपर्ने बताउँदै प्रचण्डले सार्क क्षेत्रलाई सक्रिय तुल्याएर समृद्धिको बाटोमा अघि बढ्नुपर्नेमा विशेष जोड दिए ।

cura insider

सार्कको अध्यक्षको हैसियतमा भारत र पाकिस्तानबीच देखिएका असहमतिलाई न्यूनीकरण गर्न नेपालले सक्दो पहल गरेको उल्लेख गर्दै उनले पाकिस्तानका प्रधानमन्त्री शहिद खकान अब्बासीको नेपाल भ्रमणका अवसरमा आफूले सार्कलाई सही दिशा दिने विषयमा सकारात्मक विचार-विमर्श भएको जानकारी दिए । निकट भविष्यमा सार्क मुलुकमा देखिएका असहमति सुल्झेर शिखर सम्मेलन हुने विश्वास व्यक्त गर्दै प्रचण्डले राजनीतिक इच्छाशक्ति तथा अगुवाइ सही भएको अवस्थामा समग्र सार्क क्षेत्र आर्थिक समृद्धिको बाटोमा अघि लम्कने बताए ।

नेपालमा कुनै परिवर्तन हुन खोज्यो भने उत्तर अथवा दक्षिणतर्फ इङ्गित गरी सोच्ने दृष्टिकोणमा परिवर्तन हुनुपर्ने बताउँदै उनले भने, ‘ हामी प्रो इण्डियन होइन, प्रो चाइनिज पनि होइन, हामी प्रो नेपाली हौं । ‘ क्षेत्रीय रुपमा भौतिक र विचारसहित एकीकृत हुनुपर्नेमा जोड दिँदै अध्यक्ष प्रचण्डले राजनीतिक स्थायित्वले आर्थिक विकासमा सहयोग पुर्याउने भएकाले सार्कको बडापत्रमा उल्लेख भएका क्षेत्रीय उद्देश्यलाई पूरा गर्नु बताए ।

उक्त विषयमा बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदकी सल्लाहकार सल्मान एफ रहेमानले भारत र पाकिस्तान एवम् पाकिस्तान र अफगानिस्तानबीच रही आएको असहमति नसुल्झिएसम्म सार्कले गति लिन नसक्ने भएकाले त्यसतर्फ सम्बन्धित देशको ध्यान जानुपर्ने बताए । शुक्रबारदेखि सुरु भएको सम्मेलनमा सार्क क्षेत्रलाई सशक्त बनाएर समृद्धिको बाटोमा अगाडि बढ्ने विषयमा विचार-विमर्श भइरहेको छ । आइतबारसम्म चल्ने यस सम्मेलनमा सार्क सदस्य मुलुकका मन्त्री, आर्थिक क्षेत्रका जानकार, लगानीकर्ता,उध्योगी र पत्रकारसहित दुई सयभन्दा बढीको सहभागिता छ । (रासस)

jackson ribon