birat ribon

विराटनगरमा मिस्टर एण्ड मिस टिन प्रतियोगीको दोश्रो अडिसन सम्पन्न

Neuro
विराटनगरमा मिस्टर एण्ड मिस टिन प्रतियोगीको दोश्रो अडिसन सम्पन्न

कोशी अनलाइन
चैत्र ३, मोरङ,
विराटनगरमा मिस्टर एण्ड मिस टिन प्रतियोगीताको दोस्रो अडिसनमा ६१ जनाले सहभागिता जनाएका छन् ।

cura insider

विराटनगरको मेरिल्याण्ड कलेको बीबीए ब्लकमा भएको उक्त प्रतियोगितामा विशेषगरी कक्षा ९, १०, ११, १२ का छात्र छात्राहरुको उत्साहित सहभागिता रहेको थियो । १३ बर्षदेखी १९ बर्षसम्मको केही गरुँ र केही बनौं भन्ने उमेरसमूहलाई मध्यनजर गरी आयोजना भएको यस प्रतियोगीतामा प्रत्येक प्रतिस्पर्धिहरुलाई सक्षम र समाजमा विशेष छाप छोड्न योग्य बनाइने उक्त प्रतियोगिताका निर्देशक तथा कोरियोग्राफर जतिन ताम्राकारले जानकारी दिए ।


निर्देशक ताम्राकारका अनुसार प्रतिस्पर्धिहरुलाई खेलकुददेखि लिएर स्विमिङ लगायत अन्य विधामा पोख्त बनाई अन्तिम प्रतिस्पर्धामा उतारिने छ । कोशी अनलाइन डट कम अफिसियल मिडिया पार्टनर रहेको उक्त प्रतियोगिता अब प्रत्येक बर्ष हुने आयोजक तथा कार्यक्रम निर्देशक जतिन ताम्राकारले जानकारी दिए ।
यस प्रतियोगिताको अन्तिम भने चैत्र ८ गतेदेखि हुदैंगरेको एसइइ परिक्षापश्चात सम्पन्न हुने निर्देशक ताम्राकारले जाकारी दिए । निर्देशक ताम्राकार मन्जिना मुभिजका समेत निर्देशक हुन् ।

 

jackson ribon