birat ribon

हरियो चियापत्ती टिप्नमा मग्न चिया मजदुर

Neuro
हरियो चियापत्ती टिप्नमा मग्न चिया मजदुर

चैत ३, इलाम, इलाममा चियाको पहिलो टिपाइ (फस्ट फ्लस) सुरु भएको छ । कात्तिक लागेसँगै बाँझी बसेर पलाउन छोडेको चिया पुनः पलाउन थालेसँगै चियापत्ती टिपाइ सुरु भएको हो । योसँगै जिल्लाका चिया कारखानाले पनि प्रशोधनको तयारी थालेका छन् ।

cura insider

यसरी केही समयसम्म फुर्सद रहेका चिया तथा कारखाना मजदुरको कार्य व्यस्तता अहिले ह्वात्तै बढेको छ । पहिलो उत्पादन गुणस्तरीय हुने भएकाले बजारमा पहुँच बढाउनसमेत चियापत्तीको टिपाइ छिट्टै थालिएको हो । यस वर्ष मौसमले पनि चिया किसानलाई साथ दिएको छ ।

अघिल्लो वर्ष चैत अन्तिम सप्ताहबाट मात्रै चियापत्तीको टिपाइ सुरु भएको थियो तर, यो वर्ष चैतको सुरुमै चियापत्तीको टिपाइ सुरु भएको किसानको भनाइ छ । जिल्लाका लेकाली क्षेत्रमा अझै पूर्णरुपमा चियापत्ती पलाउन सकिएको छैन् । मध्य तथा गर्मीे बढेका क्षेत्रमा चियापत्ती टिप्न सुरु गरिएको हो । उत्पादन कम भएपनि फस्ट फ्लस चियाको मूल्य उच्च हुने भएकाले किसानले छिट्टै नै चियापत्तीको टिपाई सुरु गरेको हो । (रासस)

jackson ribon