birat ribon

बेलबारीमा २० करोडको लागानीमा रिसोर्ट खुल्दै

Neuro
बेलबारीमा २० करोडको लागानीमा रिसोर्ट खुल्दै

उत्तम पोख्रेल
कोशी अनलाइन
चैत्र ३, मोरङ, मोरङको बेलबारीमा २० करोडको लगानीमा रिसोर्ट खुल्ने भएको छ । लाहोन्द्रा खोलाको किनारमा ८ बिगाहाको जग्गामा पार्क सहितको इभरग्रीन फनपार्क एण्ड रिसोर्ट खुल्न लागेको हो ।

cura insider

दैनिकी पर्यटक बढ्न थालेपछि आन्तरीक तथा बाह्य पर्यटकलाई लक्षित गरेर रिसोर्ट खुल्न लागेको हो । उत्तरी मोरङमा रहेका पर्यटकीय क्षेत्रमा घुम्न आउने पर्यटकलाई थप उत्साह प्रदान गर्ने उद्देश्यले रिसोर्ट संचालनमा ल्याउँन लागिएको रिसोर्ट सञ्चालक समितिका कार्यकारी प्रमुख प्रताप कुमार थापाले बताए । विभिन्न नेपाली परिकारका खाना, पिङ सहित स्विमिङ गर्ने व्यवस्था समेत मिलाइने उनले बताए । उनका अनुसार स्थानीयस्तरमै उत्पादित खाद्यान्नलाई जोड दिइने भएको हो ।


पर्यटक बस्ने खालको होटल तथा लज समेत उत्तरी मोरङमा नभएको समेत उनले बताए । दुई सयभन्दा बढि पाहुना अटाउने खालका हल समेत छैनन् । थापाले भने, ‘हजारभन्दा बढि पाहुना अटाउँने खालको हल बनाउँछौ ।’

उत्तरी मोरङका बेतना सिमसार, बेतनी सिमसार, हसिना सिमसार, राजारानी धनपाल थान लगायतका अन्य पर्यटकीय क्षेत्रमा घुमेर बास बस्नका लागि उक्त रिसोर्टमा आउने गरी बनाउन लागिएको थापा बताउँछन् । एक बर्ष भित्रमा रिसोर्ट संचालनमा ल्याईने थापाले बताए । रिसोर्टका लागि खोलामा तटबन्धन गर्ने बाटो बनाउने लगायतका अन्य काम भइरहेको छ ।

खोलाले बगरमा परिणत बनाएको उक्त क्षेत्रको सदुपयोग हुने भएको छ । बेलबारीमा पहिलो पटक उक्त रिर्सोट संचालनमा आउन लागेको हो । रिसोर्ट संचालनमा आउदा दुई सयभन्दा बढिले रोजगारी पाउँने बताइएको छ ।

jackson ribon