birat ribon

यसरी बन्दै छ विराटनगरको एकीकृत कृषि थोक बजार (फोटो फिचर)

Neuro
यसरी बन्दै छ विराटनगरको एकीकृत कृषि थोक बजार (फोटो फिचर)

cura insider

चैत ३, मोरङ,  मोरङको कटहरी-१ स्थित जमटोकि टोलमा रहेको मैदानी क्षेत्रमा एकीकृत कृषि थोक बजार निर्माण कार्य युद्धस्तरमा भइरहेको छ । लामा एण्ड रमन जोइन्ट भेन्चर कम्पनीले एकीकृत कृषि थोक बजार निर्माण कार्यलाई तीव्रता दिएको छ ।

४ बिघा जमिनमा करिब १८ करोडको लागतमा बन्ने एकीकृत कृषि थोक बजारका लागि प्रशासन भवन, रिटेलिंग प्राइसरिल्डिङ्ग, होलसेल मार्केटिंग, क्यान्टिन, पब्लिक ट्वाइलेट, म्यानेजर क्वार्टर र गार्ड क्वार्टर निर्माण भइरहेको छ । त्यस्तै, अन्डर ग्राउन्ड वाटर ट्यांक पनि निर्माण भइरहेको छ । विश्व बैंकको लगानी र कृषि विभागको निगरानीमा एकीकृत कृषि थोक बजार निर्माण युद्धस्तरमा भइरहेको निर्माण कम्पनीका इन्जिनियर चन्द्रेश्वर यादवको भनाइ छ ।

करिब १ वर्ष ६ महिना अघाडिबाट सुरु भएको निर्माणको काम लगभग आधा सकिएको छ । स्थानीय एक विध्यालयको जमिन ५० वर्षको लागि लिजमा लिएर उक्त एकीकृत कृषि थोक बजार निर्माण गर्न लागिएको हो । कृषि बजार निर्माणले कटहरी क्षेत्रको चौतर्फी विकासमा टेवा पुग्ने भएकाले स्थानीयवासी यतिबेला निकै खुसी भएका छन्।

उनीहरुले सो बजार निर्माणका लागि जस्तोसुकै काम गर्नु परेपनि तयार रहेको बताएका छन् । कटहरी १ निवासी देवी थापाले कृषि बजारले गाउँको विकासमा ठूलो मदत मिल्ने र स्थानीयले रोजगारी पाउने बताए । उनले भने,‘कृषि बजार निर्माण हाम्रा लागि धेरै फाइदा पुग्ने योजना हो, त्यसैले बजार निर्माणका लागि हामी जे पनि गर्न तयार छौँ ।’ बेराजगारले रोजगारीको अवसर पाउने मात्र होइन, स्थानीय श्रोत साधनको प्रयोगले तीव्रता पाउने, क्रमिक रुपमा कृषि क्षेत्रको विकास हुने, प्रयोगमा नआएको जमिनलाई कृषकहरुले सदुपयोग गरी पर्याप्त मात्रामा कृषि उत्पादन वृद्धि गर्ने र आय आर्जनका लागि समेत कृषि बजारले राम्रो अवसर प्रदान गर्ने स्थानीय कास्मिर घिमिरेको विश्वास छ ।

व्यवस्थित एकीकृत थोक कृषि बजार निर्माण  भएपछि स्थानीयवासी धेरै कुरामा आशावादी भएका छन्। बजार निर्माणले विभिन्न पक्षमा फाइदा पुग्नेमा आफू विश्वस्त रहेको स्थानीय राजकुमार कामतको भनाइ छ । व्यवस्थित एकीकृत थोक कृषि बजार निर्माणको काम युद्धस्तरमा अगाडि  बढेपछि अहिले कटहरीवासी बजार निर्माणलाई सकारात्मक रुपमा लिँदै दिनहुँजसो छलफल तथा आगामी योजना निर्माणमा व्यस्त हुने गरेका छन् ।

कटहरी गाविसको विकासमा कृषि बजार निर्माणले महत्वपूर्ण भूमिका खेल्ने निर्माण समितिकी कोषाध्यक्ष रञ्जु वर्माको भनाई छ । एकीकृत थोक कृषि बजार निर्माण प्रकृया अगाडि बढिसेकेको निर्माण समितिका अध्यक्ष हरि नारायण माझिले जानकारी दिए ।

उनले बजार निर्माणका लागि विभिन्न समितिहरु गठन गरिसकिएको बताउँदै बजार निर्माण हुने क्षेत्रभित्र केही घरहरुसमेत रहेकाले ती घरहरुलाई व्यवस्थित गर्नुका साथै घेरबारसमेत गरेको बताए ।

jackson ribon