अब लुगा धुने मात्रै होईन, कपडा पनि पट्याउने भयो मेसिनले

मानिसहरुको जीवनशैली व्यस्त हुँदै गएपछि सुविधा खोज्न लागेका छन् । जसले गर्दा उनीहरुको व्यस्त जीवनशैलीमा टेवा पुगोस् । आमाहरु बच्चाका लुगा धुँदा धुँदा हैरान भएका हुन्छन् । किनभने उनीहरुले चाँडै नै लुगा फोहोर गरिदिन्छन् । यस्तो अवस्थामा उनीहरुको सजिलोको लागि लुगा धुने मेसिन त आएकै थियो । अब धोएका लुगा पट्याउने झन्झटबाट समेत मुक्ति पाईने भएको छ ।

अब यो काम ‘फोल्डी मेट’ ले गर्ने छ । यसले सर्टलाई मिलाएर पट्याउँछ भने ब्लाउज र बच्चाको प्यान्टको टाँकसमेत लगाउने गर्छ । साथै यसको नयाँ मोडलले तौलिया, सिरानीको खोलसमेत पट्याउने गरेको जनाईएको छ । यसमा रहेको पुरानो प्रविधिलाई प्रतिस्थापन गर्दै फोल्डी मेटलाई नयाँ विशेषतासहित ल्याईएको हो ।

जता पनि राख्न मिल्ने यो मेसिनले २० देखि ४० आइटमका कपडा दुईदेखि चार मिनेटभित्र पट्याउन सकिने छ । तर निर्माता कम्पनीले अहिले यो यन्त्र सार्वजनिक गरिसकेको छैन । सन् २०१९ को अन्त्यसम्म बजारमा ल्याउने तयारी भइरहेको जनाईएको छ ।

यसको बजार मूल्य भने आठ सय ५० अमेरिकी डलरको आसपासमा रहन सक्ने समाचारमा जनाईएको छ ।

प्रतिक्रिया

Loading...