विश्वको स्मार्टफोन बजार यस वर्ष संकुचित हुँदै

काठमाडौं, फागुन ३० । यस बर्ष विश्वको स्मार्टफोन बजार संकुचित हुने देखिएको छ । वर्षौंयता दोहोरो अंकको वृद्धिदर हासिल गरे पनि यस बर्ष भने संकुचित हुने अवस्था देखिएको समाचारहरु बाहिरिएका छन् ।

सन् २०१८ मा स्मार्टफोन प्रयोगकर्ताको संख्यामा ९.१ प्रतिशत मात्रले वृद्धि हुने एक रिपार्टले देखाएको छ । सस्तो मूल्यमा स्मार्ट फोन पाईनु र मोबाईलको डाटा मूल्यमा गिरावट आउनुले एक दशक यता तिब्र रुपमा बृद्धि हासिल गरेको स्मार्ट फोन यो बर्ष संकुचित हुने भएको मार्केट रिसर्च फर्म फोरेस्टरले देखाएको छ ।

सन् २०१८ मा विश्वका मोबाइल फोनका प्रयोगकर्ता युनिक सब्सक्राइबर्सको संख्या ३ अर्ब नाघ्ने र विश्वको ५५ प्रतिशत जनसंख्यामा स्मार्टफोन पुग्ने जनाईएको छ ।

अब नयाँ प्रयोकर्ता थप गर्न कठिनाई देखिएको रिपोर्टमा उल्लेख छ ।

प्रतिक्रिया

Loading...