चोरीमा संलग्न भएका तीन जना पक्राउ

0

बाबुराम बास्तोला
काेशी अनलाइन
फागुन २९, संखुवासभा, संखुवासभा प्रहरीले चोरको एक गिरोह पक्राउ गरि आज सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालयमा एक पत्रकार सम्मेलन गर्दै गिरोहको रुपमा चोरी गरिरहेका ३ जनालाई सार्वजनिक गरेको हो । प्रकाउ पर्नेहरुमा खाँदबारी १० घर भई खाँदबारी ७ बस्दै आएका १९ वर्षीय पुर्णकुमार श्रेष्ठ, मकालु गाउँपालिका ३ का १७ वर्षीय अरुण कुमार राई र सिलिचोङ गाउँपालिका ४ का १७ वर्षीय अर्जुन राईलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको हो ।

उनिहरुको साथबाट प्रहरीले ३ थान ल्यापटप, २ थान मोवाइल समेत अन्य इलेक्ट्रोकि सामान पनि बरामद गरेको छ । उनिहरुले गत फागुन १ गते राति मंगलादेवि मावि खाँदबारी ७ तिनपोखरीको ल्यापटप चोरी गरेको स्विकारेका छन् । सो ल्यापटप सोहि विद्यालयको रहेको छ । सो ल्यापटप मोवाइल लगाएतका सामान लुकाएर घरैमा राखिएको ठाउँबाट प्रहरीले खानतलासि गरेर बरामद गरेको हो ।

 

उनिहरुले संखुवासभाका विभिन्न ठाउँमा चोरी गरेको सामान काठमाडौँसम्म लगेर बेच्ने गरेको पनि खुलासा भएको जिल्ला प्रहरी प्रमुख नायव उपरीक्षक सन्तोष खड्काले जानकारी दिए । आरोपित तिनै जनालाई जिल्ला अदालतबाट चोरी मुद्धामा म्याद थप गरी अनुसन्धान भईरहेको बताइएको छ । उनिहरुले Lenovo, Acer compsaq  लेखिएको Presario v3000  भएका कम्पनिको एक-एक थान ल्यापटप चोरेका हुन् । यसैगरी मोवाइल (Oppo / Samsung)कम्पनिको एक-एक थान र अन्य इलेक्टोनिक सामानहरु बरामद गरिएको छ ।

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW