कोशी अनलाइन समाचारको प्रभाव : मानवअधिकारको टोलीद्वारा आईसा मृत्युको छानविन गर्न माग

0

फागुन २९, विराटनगर, घरेलु कामदार आईसा चौधरीको रहस्यमय मृत्युको छानवीनको माग गर्दै मानव अधिकारबादीको टोलीले मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यलाई ज्ञापनपत्र बुझाएका छन् ।

पूर्वाञ्चल मानवअधिकार रक्षक संजाल, इन्सेक, ओरेक, जागरण नेपाल, सिविन, बपरडेक, सञ्चारकर्मीहरु लगायत १८ वटा मानवअधिकारवादी संघ–संस्थाको टोलीले हत्या वा आत्महत्या के हो प्रमाणसहित पुष्टि गर्दै पीडितलाई न्याय सहित क्षतिपुर्ति दिन माग गर्दै ज्ञापन पत्र बुझाएको छ ।


ललितपुर महालक्ष्मी नगरपालिका ३ बस्ने विनय दाहाल र लीना सिलवालले चौधरीलाई पढाउने र विवाहबारी गरीदिने बाचासहित काम लगाउन काठमाण्डाै लिएर गएका थिए । करिव एक बर्षअगाडि कामदारका रुपमा लग्नु र बालिकाले आत्महत्या गरेको भन्दै सबुत प्रमाण बिना मृत्तकको शव जिम्मा दिनुले यस घटनालाई शंकास्पद बनाएकाले छानविनको माग गरिएको मानवअधिकारवादी अगुवा सोमराज थापाले बताए । थापाका अनुसार चौधरीले भुण्डिएर आत्महत्या गरेको हो भने अभिभावकको उपस्थितीविना डोरी काटिएको, अभिभावकको उपस्थितीविना कुन आधारमा लासको पोष्टमार्टम गरेको, शवको प्रकृतिलाई हेर्दा झुण्डिएर आत्महत्या गरेको हो भनेपनि हत्केलामा निलडाम र हातका विभिन्न भागमा धारिलो हतियारले काटेको लास हेर्दा देखिनु शंखास्पद भएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।


तीन दिनअघि कोशी अनलाईनले प्रकाशित गरेको आईसा हत्या काण्डको बिषयमा समाचार प्रकाशित भएपछी मानवअधिकारकर्मीहरुको टोलीले शवको अनुगमन गरी दोषीउपर कडा कारवाहीको माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW