विश्वकप छनोटका ११ स्टारमा अटाए कप्तान पारस

0

कोशी अनलाइन
फागुन २९, विराटनगर,
जिम्बाबेमा लागातार तीन खेल हारेर हङकङसगँको खेल जितको नेपालका कप्तान पारस खड्का उत्कृष्ट ११ क्रिकेटरमा परेका छन् । आयोजक अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले विश्वकप छनोटको समूह चरणमा ११ क्रिकेटरमा नेपाली खड्का पनि अटाएका हुन् ।

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले समूह चरणका ११ स्टारको नाम सार्वजनिक गरेको हो । जिम्बाब्बेमा लगातार तीन खेल हारेको नेपालले समूह चरणको अन्तिम खेलमा हङकङलाई ५ विकेटले हरायो । पारसले भने १८९ रन बनाए, जसमा दुई अर्धशतक

पनि छ । उनले जिम्बाब्बेविरुद्ध ४०, स्कटल्याण्डविरुद्ध ७५ र अफगानिस्तानविरुद्ध ७५ रन बनाएका थिए । हङकङविरुद्ध भने उनले मात्र ११ रन बनाए ।
खड्काको बारेमा आइसिसीले लेखेको छ ः पारस नेपालका सबभन्दा प्रिय क्रिकेटर हुन् र उनले वर्षौंदेखि आफ्नो प्रसिद्धअनुसारको प्रदर्शन गरेका छन् । नेपालको ब्याटिङ लाइनअपले प्रतियोगितामा राम्रो प्रदर्शन गर्न नसकेको भएपनि पारसले जिम्बाब्वेविरुद्ध ४०, स्कटल्यान्डविरुद्ध ६३ र अफगानिस्तानविरुद्ध ७५ रन बनाए । यी सबै टोलीको बलिङ आक्रमण सशक्त थियो । अन्तिम खेलमा उनी हङकङविरुद्ध चलेनन् र जम्मा ११ रन बनाए तर खुशीको कुरा त्यो खेलमा नेपाल विजयी भयो ।

आईसीसीले जारी गरेको उत्कृष्ट खेलाडीको सूचीमा पारस खड्काबाहेक आयरल्यान्डका विलियम पोर्टरफील्ड, पापुआ न्यू गिनीका टोनी उरा, स्कटल्यान्डका क्यालम म्याकलीयोड, जिम्बाब्वेका ब्रेन्डन टेलर, हङकङका अंशुमान रथ र एहसान खान, जिम्बाब्वेका सिकन्दर रजा, यूएईका रोहन मुस्तफा, अफगानिस्तानका मोहम्मद नबी र वेस्ट इन्डिजका जेसन होल्डर परेका छन् ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW