सडक निर्माणले मासियो पदमार्ग

0

फागुन २९, तेह्रथुम, एक नंम्बर प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्नसक्ने सम्भावना बोकेको तीनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्र हुँदै कञ्चनजंघा हिमालतर्फ अघि बढ्ने पर्यटकीय पदमार्ग मासिएको छ । तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थलको रुपमा रहेको टिएमजे क्षेत्रमा २८ प्रजातिका गुराँस पाइन्छन् ।

राष्ट्रिय फूल लालीगुराँससहित एकै ठाउँमा यति धेरै प्रजातिका गुराँस पाइने भएकै कारण यो क्षेत्र ‘गुराँसको राजधानी’ नामले चर्चित छ । यही क्षेत्र भएर कञ्चनजंघा आधार शिविरतर्फ अघि बढेको पदमार्ग अहिले सडक निर्माणका कारण मासिएपछि अहिले पर्यटकको आवागमन पातलिएको हो । प्राकृतिक स्रोत साधनले भरिपूर्ण टिएमजे क्षेत्रको राम्रो व्यवस्थापन एवं पर्यटकीय वातावरण विकास गर्न नसक्दा ओझेलमा परेको हो ।

पैदल हिँड्ने बाटोसँगै सडकको ट्र्याक खुल्ला भएपछि सडकमा उड्ने धुलोले पैदल हिँडिसक्नु छैन । सडकमा सुविधायुक्त र साना सवारी साधन गुड्दैनन् । यहाँको प्रकृति र सुन्दरतासँग रमाउँदै पैदल हिँडेर टिएमजे छिचोल्दै ताप्लेजुङको पाथीभरा मन्दिर दर्शन, तमोरमा ¥याफ्टिङ, कञ्चनजंघा, मकालुलगायत हिमशृखंलाको अवलोकन आदि उद्देश्यले आउने पर्यटकको संख्या ह्वात्तै घटेको छ ।


सडकले ती क्षेत्रका बासिन्दालाई उपभोग्य सामान ढुवानीदेखि आवातजावातका लागि सहज बनाए पनि पैदल हिँड्दै प्रकृतिसँग रमाएर मनोरञ्जन लिन चाहने पर्यटकले प्रयोग गर्दै आएको पदमार्ग भने मासिएको छ । ‘‘सडक बनेपछि सवारी साधन त गुडे तर मान्छे नै आउन छाडे,’’ चौकीबजारका उदय तामाङले भने, “सडकले सुविधा भए पनि यो क्षेत्रको सुन्दरता क्रमशः कुरुप बन्दै गएको छ”।

 

‘‘सडक छ, गाडी त गुड्छन्, तर हामीलाई यसले फाइदा दिएनँ,’’ गुफाबजारका हरि खनालले भने । तेह्रथुमको वसन्तपुरदेखि टुटे, घुर्मिसे, तीनजुरे, संखुवासभाका चौकी, मंगलबारे, गुफा हुँदै ताप्लेजुङको साँघुसम्म अहिले दैनिक बस, ट्याक्सीलगायत सवारीका साधन पुगिरहेका छन् ।

सडकले आवातजावतका लागि सहज भए पनि यो क्षेत्रको पर्यटकीय सुन्दरता मासिँदै गएको खनालले बताए । सडक बनेपछि आन्तरिक पर्यटकको संख्या भने बढेको छ । कोशी राजमार्गको धरान–धनकुटा हुँदै वसन्तपुरबाट एकै दिनमा तीनजुरेसम्म पुगेर फिर्नेको संख्या बढेको छ । वसन्तपुरसम्म कालोपत्रे सडक भए पनि यहाँ भन्दामाथि कच्ची सडक भएर यात्रा गर्नुपर्छ तर पर्याप्त सवारी साधन छैनन् ।

साना सवारी साधन गुड्दैनन् । चाहिएका बेला घुम्न आउने पर्यटकले भाडाका सवारी साधन पाउँदैनन् । पैदल हिँडेर माथिसम्म पुग्न धुलाम्मे सडकमा हिँडिसक्नु छैन । सडकले यहाँको प्राकृतिक सुन्दरतामा प्रत्यक्ष असर पु¥याएको वसन्तपुरका पर्यटन ब्यवसायी छिरिङ लामाले बताए । ‘‘पहिले वर्सेनि हजारौँको संख्यामा विदेशी पर्यटक आउथेँ, पैदलै यी क्षेत्र घुमेर कञ्चनजंघासम्म पुग्थे तर यहाँका सडकमा गाडी कुद्न थालेपछि विदेशी पर्यटक देखा परेका छैनन् ।’’

विदेशी पर्यटकहरु आउँदा वसन्तपुरबाट गुफासम्म पुग्नै तीन दिन लगाउँथे । यहाँका हरेक पाँच किलोमिटरको दुरीमा रहेका लेकाली बजारमा होटल, ब्यवसाय र स्थानीय उत्पादनको व्यापार गर्नेको ब्यवसाय फष्टाएको थियो तर अहिले सडक बनेपछि त्यहाँ ब्यवसाय गर्ने पलायन हुन थालेका ’ उनले बताए ।’ जथाभावी सडक निर्माणका कारण पदमार्ग प्रभावित भएको उनको भनाइ छ ।

पदमार्ग भएर आउने पर्यटक प्रभावित भएपछि यहाँका गन्तव्यस्थल छायाँमा परेको पर्यटन व्यवसायी लामाले बताए । यो क्षेत्र नेपाल पर्यटन बोर्डले सूचीकृत गरेको पूर्वी नेपालका पाँच उत्कृष्ठ पर्यटकीय गन्तव्यस्थल मध्येको एक हो । सरकारले गुराँस संरक्षण क्षेत्रका रूपमा विकास गर्न लामो समयदेखि अध्ययन गरिरहेको भए पनि यहाँको पदमार्ग जोगाउनेतर्फ कसैको ध्यान गएको छैन । सडक निर्माणले यसअघि प्रयोगमा आइरहेको पदमार्गलाई मास्दा पर्यटन ब्यवसाय नै प्रभावित भएकोे पर्यटन विकास तथा प्रवद्र्धन समितिका सदस्य प्रकाश श्रेष्ठले बताए ।

उनले भने, “वर्षको छमहिना कुमारी रहने यो क्षेत्रको महत्व पदमार्गबाट यात्रा गरेमात्र थाहाहुन्छ, तर त्यो अब मासिँदैछ ।’ अहिले वसन्तपुरदेखि ताप्लेजुङको दोभान जोडिने सडक मदन भण्डारी लोकमार्गको रुपमा निर्माणाधीन छ ।निर्माणाधीन सडकमा सवारी साधन गुडाउदा आसपासको पर्या–पर्यटनमा प्रत्यक्ष असर पुगेको र कुरुपबन्दै गएको उनले बताए । यहाँको पदमार्ग मासिएपछि बाह्य देशबाट आउने पर्यटकले अन्यत्रैबाट आउनेजाने गर्न थालेका छन् ।

४२ प्रजातिका गुराँस पाइने

यस क्षेत्रमा मात्रै २८ प्रजाति पाइनाले पनि यो क्षेत्र विश्वभर चर्चित छ । हरेक वसन्त ऋतुसँगै गुराँस फुलेर राताम्मे बन्ने यहाँका डाँडाकाँडा, वनपाखा र लेकाली जनजीवन, गुराँस फुल्दा मात्रै हैन, प्राकृतिक, जैविक र सांस्कृतिक रुपमा पनि उत्तिकै महत्वपूर्ण छन् । यो क्षेत्र बाह्रैमहिना पर्यटक आउने क्षेत्र हो ।
तर प्रशस्तै सम्भावना भएर पनि प्रचारप्रसार नहुँदा यस क्षेत्रमा पर्यटक आगमनको संख्या अत्यन्तै न्यून बन्दै गएको छ । बाहै्रमहिना अध्ययन, अवलोकन र पैदलयात्राका लागि उपयुक्त मानिने यो क्षेत्रको अधिकांश भू–भाग एउटै उचाइमा छ ।

करिब दुई हजारदेखि तीन हजार ३०० मिटर उचाइसम्म फैलिएको यो क्षेत्रका अनेकन विशेषता छन् । चैत, वैशाखमा यो क्षेत्रमा विभिन्न प्रजातिका रंगीचंगी गुराँस फूलेर ढकमक्क भएको हुन्छ । अन्य समयमा यहाँका डाँडाकाँडा, पाखापखेरा, सुन्दर प्राकृतिक पोखरी, लोपोन्मुख वन्यजन्तु, चराचुरुंगी र वनस्पति, आकर्षक मकालु र कञ्चनजंघा सहितका हिमशृंखलाको दृश्यावलोकन गरेर आनन्दलिन सकिन्छ । यहाँका लेकाली–हिमाली जनजीवनसँगै चौंरीपालन र भेँडाका बथान प्रत्यक्ष रूपमा हेर्न पाइन्छ ।

यो क्षेत्रमा पदमचाल, कुड्की, बिखुमा, सतुवा, ठूलो ओखत, विष, वन लसुन, यार्सागुम्बा जस्ता लोपोन्मुख दुई दर्जन भन्दा बढी जडीबुटी पनि पाइन्छन् । एक सय २० प्रजातिका पुतली, लिडेमुसा, रातो पाण्डा, हिउँ चितुवा, लोपोन्मुख प्रजातिका चरा पाइने गरेको विज्ञहरूको प्रतिवेदनमा उल्लेख छ । शेर्पा, भोटे, तोप्केगोला, डोक्पो, थुदामे, लिम्बू, तामाङ, जातिको परम्परा, संस्कृति, वेषभूषा, रहनसहन यहाँका सांस्कृतिक आकर्षण हुन् ।

हरेकवर्ष साउनदेखि जेठसम्म पर्यटकको भीड लाग्छ । यहाँको पदमार्ग भएर पर्यटक ‘भदांैदेखि पुससम्म ओहोरदोहोर गर्छन् तर अहिले सडकले पदमार्ग प्रदूषित भएपछि पदमार्ग मासिएको गुफापोखरी आधारभूत विद्यालयकी प्रधानाध्यापक हिमा खनालले बताइन् । सरकारीस्तरको लगानीबाट पर्यटकका लागि सूचना केन्द्र स्थापना गर्ने भनेर भवन निर्माण गरे पनि त्यो वर्षांैदेखि प्रयोगविहीन छ । पर्यटन सूचना केन्द्र सञ्चालनमा छैन । यहाँ आउने अधिकांश मानिस यहाँको खास महत्वनै बुझ्नै नपाई फिर्ता हुन बाध्य छन् ।
रासस

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW