केराखेतीबाट दिनेश मालामाल (हेर्नुहोस ६ फोटो )

0

फागुन २९, विराटनगर, काम गर्ने इच्छा शक्ति र योजना भयो भने स्वदेशमै बसरे पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने गतिलो उदारण प्रस्तुत गरेका छन्, मोरङ सुन्दरहरैचा नगरपालिका एकजना जुजारु युवा । मोरङ सुन्दरहरैचा नगरपालिका – ९ का दिनेश श्रेष्ठले खाडी मुलुकमा कमाएको पैसा स्वदेश आएपछि केराखेतीमा लगानी गरी अहिले उक्त व्यवसायबाट मालामाल बनेका छन् ।

खाडी मुलक साउदी अबरमा ६ वर्ष बसेर आएका श्रेष्ठले विदेशमा कमाएको पैसा केराखेतीमा लगानी गरी अहिले मनग्गे आम्दानी गर्न सफल भए । २०६५ सालदेखी ९ बिघा क्षेत्रफलमा लिज लिएर श्रेष्ठले सुन्दरहरंैचा नगरपालिकामा केराखेती लगाएका छन् । ‘विदेशमा कमाएको पैसा नेपाल आएपछि केराखेतीमा लगान गरे,’ उनले भने, ‘अहिले आएर राम्रो आम्दानी भएको छ । प्रतिबिघा खर्च कटाएर १ लाख ५० हजार देखी २ लाख रुपैयाँसम्म आम्दानी हुने गर्दछ ।’

१ विघा क्षेत्रफलमा १ हजार ८ सय वटा केराको विरुवा लगाउने गरेको उनले जानकारी दिए । ‘प्रति बिघा ३५ हजारमा जग्गा लिजमा लिएको छु,’ उनले भने, ‘लिजमा लिएको जग्गामा विभिन्न प्रकारको केराहरु लगाउँदै आएको छु ।’ उनका अनुसार अहिले मालभोक र हाइबे्रट केरा रोपेको जानकारी दिए । अहिले रोपेको केरा १५ देखी १८ महिनामा विक्री गर्न मिल्ने उनले बताए ।

 

‘केरा खेती गर्दा गर्दै केराको बोटमा लाग्ने रोगको बारेमा समेत जानकार भइसकें केराको बोट देखाउँदै उनले भने, ‘भर्खर यस क्षेत्रमा रोपेको केराको बोटलाइ गोडमेल गरी औषधी लगाएको छु । अब लामो समयसम्म यसलाई किराले आक्रमण गर्न सक्दैन,’ श्रेष्ठले भने ।’

‘गएको असार र साउनमा आएको बाढीले केराखेतीमा क्षति ग¥यो,’ उनले भने, ‘बाढीले क्षति ग¥यो भनेर यस खेतीबाट बिचलित भएको छैन् । उनी भन्छन्, ‘यो एउटा व्यापार हो कहिले घाटा हुन्छ त कहिले नाफा ।’ केराखेतीबाट राम्रो आम्दानी हुन थालेपछि उनले सालासँगको साझेदारीमा थप केराखेती विस्तार गरे । उनले सालासँग मिलेर थप ९ बिघा जग्गा लिजमा लिएर बेलबारी नगरपालिकामा केराखेती लगाएका छन् । ‘म एक्लैले थुप्रै ठाउँमा बाली लगाउन भ्याउदिन,’ उनले भने, ‘सालासँग मिलर थप अर्को ठाउँमा केराखेती विस्तार गरेको हो ।’ बेलबारीमा लगाएको केराखेती पहिलो लट भएको उनले बताए । ‘विरुवाहरु राम्रो सप्रेर हुर्केको छ,’ उनी थप्छन्, ‘यसरी केराको बोट बढेको देख्दा केरा राम्रै हुन्छ जस्तो छ ।’ पहिलो लटमा लगाउँदा मात्र दिनेशले केराको विरुवा खरिद गर्ने गर्दछन् । त्यसपछि थप बालि विस्तार गर्नुप¥यो भने उनले लगाएको केराखेतीबाट केराको विरुवा उत्पादन गर्ने गरेका छन् ।

 

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW